बुधबार, १९ आश्विन, २०७९

advertisement_1659249309.gif

मोहन कन्या माविको ७२ औँ वार्षिकोत्सब,माननीय मन्त्री रानाद्वारा उद्घाटन

सन्‍तोष गहतराज, बिहीबार, १६ भाद्र, २०७९

मोहन कन्या माविको ७२ औँ वार्षिकोत्सब,माननीय मन्त्री रानाद्वारा उद्घाटन

पाल्पा जिल्लाको एक मात्र कन्या माध्यमिक विद्यालय मोहन कन्या माध्यमिक विद्यालयको ७२ औँ वार्षिकोत्सब एवम अभिभावक दिवस सम्पन्न भएको छ  । औपचारिक कार्यक्रमको उद्घाटन लुम्बिनी  प्रदेशका उर्जा जलस्रोत तथा सिचाइ मन्त्री वीर बहादुर रानाले  गर्नु भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मन्त्री रानाले राणा शासनको अन्त्य पछि २००७ सालमा प्रजातन्त्रको शुरूवाती क्रममा पाल्पा जिल्लाको तानसेन नगरभित्र कन्याहरूलाई शैक्षिक क्षेत्रमा अब्बल बनाउन शैक्षिक अभियान्ताहरूले  कदमी चाली अगाडि बढाई कन्या स्कुलको स्थापना गरेकोमा अभियान्तालाई प्रशंसा गर्नुभयो । विद्यार्थीहरूले पाल्पा तानसेन विद्यालयहरूमा मात्रै होइन विश्व समुदाय रहेका विद्यालयहरूसँग प्रतिस्पर्धा गर्न सक्ने हैसियत राख्नु पर्ने बताउनुभयो । त्यस्का लागि विद्यार्थीहरू अनुशासित र मर्यादित भएर अध्ययनमा लाग्न आर्गह गर्नुभयो । देशको परिस्थिति हेर्दा सरकारी विद्यालयमा विद्यार्थी आकर्षण एवम सख्या घटेको छ । विगतका तुलनामा विद्यालयहरूमा भौतिक संरचना निर्माण भएका छन । तर विद्यार्थीको सख्या कम छ ।  सरकारी स्तरमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले पनि निजि क्षेत्रका विद्यार्थीले भन्दा राम्रो नतिजा ल्याउन सफल भएका छन । यस्लाई प्रचार प्रसार गर्न जरूरी छ मन्त्री रानाले बताउनुभयो । साथै विद्यालयको शैक्षिक र भौतिक विकासको लागि प्रदेश सरकारले पहल गर्ने बताउनुभयो । 

कार्यक्रममा तानसेन नगरपालिकाका कार्यवाहक मेयर प्रतिक्षा गाहा सिङ्जालीले सचेत र शिक्षित नागरिक बनाउन,विद्यार्थी,शिक्षक र अभिभावकको त्रिपक्षीय भुमिका अपरिहार्य रहेको बताउनुभयो । बाटो घाटो र भौतिक पुर्वधारलाई मात्र प्राथमिकता राखी बजेट विनियोजन गर्दा विकास संवाहले गति नलिने बताउदै तानसेन नगरसरकारले स्वास्थ्य क्षेत्रको संवेदनशीलता  र शिक्षा क्षेत्रको अपरिहार्यता प्राथमिकता राख्दै  नगरसरकारले  अगाडि बढेको बताउनुभयो ।  तानसेन नगरपालिकाले बिग स्कुलको कम्सेप्टमा अगाडी बढाउने बताउनुभयो । सरकारले विद्यालयमा लगानी गरेको छ । तर विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या कम भएको हुदा नगर सरकारले विग स्कुलको कम्सेप्ट अगाडि बढाउने बताउनुभयो । नगरपालिकाले स्कुलका छात्राहरूका लागि २६ लाख सेन्टेरि प्याड वितरण गर्ने,स्थानीय सरकार सञ्चालन गरे छोरी  शिक्षा कार्यक्रम निरन्तरता दिनका लागि  ७ लाख विनियोजन गरिएको बताउनुभयो । १४ वटाबाट ५ जना छोरी छनोट गरी छोरी शिक्षा कार्यक्रममा सहभागी गराइने बताउनुभयो । त्यस्तै  शिक्षक महासंघको ५१ बुद्वे माग प्रती तानसेन नगरसरकार गम्भीर रहेको बताउनुभयो । 

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द राज घिमिरेले विद्यालयको आफ्नै इतिहास रहेको बताउनुभयो  । विद्यालयले विद्यार्थी बहिनीहरूको भविष्यलाई सुनिश्चितता गर्दै अगाडि बढ्न आर्गह गर्नुभयो । विगतको समयमा जिर्ण भौतिक संरचनाबाट अध्ययन गर्न विवश रहेकोमा  हाल विद्यालयले भौतिक पुर्वाधार निर्माणमा महोत्वपुर्ण उपलब्धि हासिल गरेको  बताउनुभयो । 

कार्यक्रममा नेपाली काङ्ग्रेस पाल्पाका प्रवक्ता शोभाकर न्यौपानेले २०७० सालमा जिल्लामै  कम्प्युटर शिक्षा शुरू गरेको विद्यालयले शिक्षा,व्यवस्थापन र प्राविधिक शिक्षालाई जोड दिदै अगाडि बढेकोमा सफलताको शुभकामना दिनुभयो । नेकपा माओवादी केन्द्रका मधुरा ढकालले समावेशी स्कुल बनाउनेमा सोच विचार गर्नुपर्ने बताउनुभयो । विद्यालयलाई कन्या मावि भन्दा  गरिब तथा कम अवसर पाएका विद्यार्थीहरूलाई अध्ययन गर्ने विद्यालयमा परिणत गर्न आवश्यक छ । अहिले युग विज्ञान प्रविधिको युग हो । त्यसैले प्रविधियुक्त शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । 

नेपाल शिक्षक महासंघका अध्यक्ष कृष्ण बहादुर थापा, नेपाल शिक्षक संघका अध्यक्ष धनकला गाहा,रेडक्रस पाल्पाका अध्यक्ष बुद्वि प्रसाद शर्मा लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको अवसरमा शिक्षा विद लक्ष्मण खनालले ५१ हजारको अक्षयकोष स्थापना गर्नुभएको छ । वडा सदस्य सीता बस्नेतले पाल्पा लायन्स क्लबले १ जना छात्राको सम्पुर्ण शैक्षिक खर्च क्लबले लिने गरि अभिभावकत्ब ग्रहण गर्ने बताउनुभयो । कर्मचार्य अक्षय कोष दाता अजय मान कर्मचार्यले शुरूवात क्रममा सिनेमा हल सञ्चालन गरि सञ्चालन गरेको विद्यालयले हाल धेरै ठुलो पहलले हाल कन्या माविको रूपमा सञ्चालन भएको बताउनुभयो । पाल्पा जिल्लाको एक मात्र कन्या स्कुल मोहन कन्या रहेकाले अन्य व्यक्तिहरूले चन्दा एवम अक्षयकोषमा स्थापना गरि थप विद्यार्थीलाई अध्ययन गर्न सहयोग गरेको बताउनुभयो ।

  विद्यालयका प्रधानाध्यपक चोला प्रसाद ज्ञवालीले   कुल ४ करोड ११ लाख ४७ हजार ४ सय ९४ बराबरको आर्थिक प्रतिवेदन प्रस्तृत गर्नु भएको थियो । ३ सय ११ जना छात्राहरू रहेको मोहन कन्या माविमा विद्यार्थीहरूले राम्रो नजिता ल्याउन सफल भएका छन । वार्षिकोत्सब अवसरमा उत्कृष्ट शिक्षकलाई सम्मान एवम विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो । 

कार्यक्रमको सहायक प्रधानाध्यापक शिक्षिका दिना श्रेष्ठको सञ्चालन सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झपेन्द्र गैरेले विगतको समयमा निकै जीर्ण र जोखिम बहन गरि विद्यार्थी एवम शिक्षक शिक्षिकाले अध्ययन एवम अध्यापन गराउदै आएको विद्यालयले नयाँ व्यवस्थापन समिति गठन पश्चात् नया भवन निर्माण गरि विद्यार्थीलाई शैक्षिक गतिविधिमा सामेल गराइएको बताउनुभयो । छात्राहरूलाई विद्यालय सम्म आउन जानको लागि स्कुल बस सञ्चालन गरिने तयारी गरिएको र आगामी दिनमा सुविधा युक्त छात्रावासको निर्माण गरि थप छात्राहरूको शैक्षिक गुणस्तरमा वृद्धि गर्ने योजनाका साथ व्यवस्थापन समिति लागि परेको अध्यक्ष गैरेले बताउनुभयो ।

मोहन कन्या माविको ७२ औँ वार्षिकोत्सब,माननीय मन्त्री रानाद्वारा उद्घाटन

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif