मंगलवार, ३१ श्रावण, २०७९

advertisement_1659249309.gif

मानवअधिकार तथा शान्ति समाज पाल्पाको आयोजनामा लागू औषध तथा मदिरा दुर्व्यसन विरूद्वको अभियान

सन्‍तोष गहतराज, आईतवार, ५ असार, २०७९

मानवअधिकार तथा शान्ति समाज पाल्पाको आयोजनामा लागू औषध तथा मदिरा दुर्व्यसन विरूद्वको अभियान

पाल्पा- जिल्लाको सामाजिक कार्यमा सकृय रहेको सस्था मानवअधिकार तथा शान्ति समाज पाल्पा शाखाले तानसेनका ६ वटा क्याम्पस तथा  विद्यालयहरूमा लागू औषध तथा मदिरा दुर्व्यसन विरूद्वको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छन । 
सस्थाले  २६ जुन अर्थाथ अन्तर्राष्टिय लागु पदार्थ तथा  दुर्व्यसन विरूद्व दिवसको अवसरमा पारि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।

अभियानमा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय उपाध्यक्ष कृष्ण बहादुर रावलले  मानवअधिकार तथा शान्ति समाज वि स २०५३ सालमा केन्द्रमा स्थापना भइ मानवअधिकार,शान्ति,लोकतन्त्र र अहिसाको मुल मन्त्रका साथ सामाजिक हक हित र अधिकारका लागि आवाज बुलन्द गर्दै आएको बताउनुभयो । २०५६ सालमा पाल्पामा स्थापना भएको सस्थाले सरकारले गरेको व्यतीत,अशान्ति,भष्टाचारका विरूद्वमा राष्ट्रिय एवम अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउदै आएको बताउनुभयो ।  

वर्तमान परिपेक्षमा विद्यार्थीहरूमा लागू पदार्थको सेवन गरि कुलतमा परिरहेको परिस्थितिमा सस्थाले यस्ता गलत प्रवृत्तिबाट मुक्त गराउन विद्यार्थीहरूलाई सचेतना मुलक कार्यक्रम प्रदान गरेको बताउनुभयो । व्यक्ति एक्लै गरेर मात्र समाज परिवर्तन नहुने हुदा समाज परिवर्तनको लागि समाज,विद्यालय,शिक्षक,विद्यार्थीहरूको भुमिका अहम रहने भएकोले अब लागू औषध तथा मदिरा दुर्व्यसन विरूद्वको अभियान समुदाय ,विद्यालयबाट शुरूवात गरेको बताउनुभयो ।  समाज रूपान्तरण गर्ने संवाहक नै विद्यार्थी रहेकोले अभियानलाई सशक्त रूपमा अगाडि बढाउन सबै पक्ष एक भइ लाग्नु पर्ने समय आएको बताउनुभयो 

सस्थाले ३ पक्ष मध्ये नजर गरि  लागू पद्वार्थ  दुर्व्यसन मुक्त बनाउने अभियान सञ्चालन गरेको बताउनुभयो । सस्थाले  लागू पद्वार्थ  दुर्व्यसन मुक्त विद्यालय,समुदाय,कार्य क्षेत्रलाई केन्द्रीत गरि अगाडि बढाएको बताउनुभयो । 

कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पसका विद्यार्थीहरू सुरज वुढा मगर र मुकेश सुनारी मगरले लागू औषधको प्रयोगबाट हुने मानवीय क्षतिको बारेमा मन्तव्य राख्नु भएको थियो ।

सस्थाले  तानसेन बहुमुखी क्याम्पसमा सस्थाका जिल्ला सभापति अरूण ज्ञवाली अभिमुखिकरण प्रदान गर्नु भएको थियो भने सस्थाकी उपसभापति रेनुका देवकोटा  सरस्वती मा.वि.,सचिब  सन्त वीर बराल प .प.नमुना मा. वि.,जिल्ला सदस्य शुसिला रेग्मी सेन मा. वि र जिल्ला सदस्य अशोक घिमिरेले जनता  मा. विमा सहभागीहरूलाई अभिमुखिकरण कार्यक्रम प्रदान गर्नुभएको थियो ।

मानवअधिकार तथा शान्ति समाज पाल्पाको आयोजनामा लागू औषध तथा मदिरा दुर्व्यसन विरूद्वको अभियान

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif