सन्तोष गहतराज, बिहीबार, ३ भाद्र, २०७८
पाल्पा-जिल्लाको तानसेन नगरपालिका र ग्रामीण आर्थिक विकास संघ रेडाले तानसेन नगरपालिकालाई बाख्रा पकेट क्षेत्रको रूपमा विकास गरि मासुमा आत्मनिर्भर बनाउनका लागि बाख्र पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरेको छ । तानसेन नगरपालिकाको ७५ प्रतिशत अनुदान र ग्रामीण आर्थिक विकास संघ रेडाको २५ प्रतिशत गरि कृषकहरूलाई सत प्रतिशत अनुदानमा बाख्रा वितरण गरिएको हो । तानसेन नगरपालिकाले बाख्रा पकेट क्षेत्रको विकास गर्न सकिने सम्भावित वडाहरूको अध्ययन गरि उन्नत जातको बाख्रा,खोर निर्माणका लागि अनुदान,उन्नत जातको घासको बीउ वितरण गरेको छ । बाख्रा पकेट क्षेत्र कार्यक्रम अन्तर्गत मुल समुहका सदस्यहरूलाई प्रदान गरिएको बाख्राबाट उत्पादित भएका बाख्राहरू उपसमुहका सदस्यहरूलाई वितरण गर्ने कार्य गरेका छन । नगरपालिका र रेडाको सहकार्यमा बैदेशिक रोजगारीमा भौतारिरहेका युवा,कोविडका कारण स्वदेश फर्किए युवा एवम महिलाहरूलाई उत्पादनमूलक कार्यमा जोडी आत्मनिर्भर बनाउनका लागि बाख्रा पकेट क्षेत्र कार्यक्रम,सहुलियत दरमा विना धितो ऋण प्रदान गर्ने कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाका बाख्रा उपहार कार्यक्रम अन्तर्गत पहिलो चरणमा तानसेन वडा न १२ का महिला समुहलाई बाख्रा वितरण गरेको थियो भने दोस्त्रो चरणमा तानसेन वडा न ५ का आर्दश स्वालम्वन मुल महिला समुहले ३ वटा उपसमुहलाई बाख्रा प्रदान गरेका हुन ।
आर्दश स्वालम्बन महिला समुहकी सचिव विमला विष्टले प्रतिवेदन प्रस्तृत गर्दै २०७६ जम्मा २८ सदस्यहरूले बाख्रा पालन कार्यक्रम शुरू गरेको बताउनुभयो । नगरपालिकाले बाख्रा खोर निर्माणको लागि १ लाख ४५ हजार रकम प्रदान गरेको बताउनुभयो । सस्थाले ३ उपहार बहिनी समूह गठन,जाडोको कपडा वितरण,शुरूवाती चरणमा १ सय ५० बाट बाख्रा पालन शुरू गरिएकोमा हाल ३ सय ३२ वटा पुगेको छ । उन्नत जातको घाँस वितरण,तरकारी खेती प्रवर्धन तथा तालिम प्राप्त गरे पछि व्यक्तित्ब र नेतृत्व विकासमा टेवा पुगेको बताउनुभयो ।
स्थानीय कविता गैरेले स्वदेशमा रोजगारीको अवसर नहुदा रोजगारीको लागि बैदेशिक रोजगारको गन्तव्य खोजीरहेका बेला तानसेन नगरपालिका र रेडाको साझेदारीमा बाख्रा पालन कार्यक्रम ल्याए पछि स्वदेशमा नै रोजगारी पाउन सफल भएको बताउनुभयो । गैरेले तालिम र अनुदान प्रदान गरे पछि आयआर्जन मुलक कार्यमा जोडिन सहयोग पुगेको बताउनुभयो । बाख्रा पकेट क्षेत्र कार्यक्रमबाट तालिम,बाख्राका लागि घास,प्रविधि प्राप्त भए पछि आफुहरू व्यवसायीक हुन सहयोग पुगेको बताउनुभयो ।
स्थानीय तिम्बला विष्टले नगरपालिका र रेडाको समन्वयमा तालिम पाए पछि आर्थिक उपार्जनको साथै व्यक्तत्ब र नेतृत्व विकास समेत टेवा पुगेको बताउनुभयो । तालिम र अनुदान प्राप्त गरे पछि श्रीमानको कमाइको आशमा बस्न नपरेको बताउनुभयो । समहुका महिलाहरूले सामुदायिक रूपमा अदुवा खेती,करेसा वारि कार्यक्रम बाख्रा पालन जस्ता कार्यक्रमले आफुहरूको जीवनस्तरमा सुधार ल्याउन सहयोग गरेको बताउनुभयो ।
हेफर इन्टरनेशनका निर्देशक तिर्थ राज रेग्मीले सामग्र पाल्पा जिल्लालाई मासुमा आत्मनिर्भर बनाउन एवम स्वदेशमा युवा शक्तिलाई स्वरोजगार बनाउनका लागि जिल्लाका १० वटै स्थानीय तहहरूमा कार्यक्रम सञ्चालन गर्ने योजना साथ सस्थाले अगाडि बढेको छ । युवाहरूलाई स्वरोजगार मुलक कार्यक्रममा आवद्व गरि आर्थिक सवलीकरणको माध्यमबाट जीवन स्तरमा सुधार ल्याउनका लागि कार्य सञ्चालन गरेको बताउनुभयो । पाल्पा जिल्लाका १० वट स्थानीय तह मध्ये ८ वडामा कार्यक्रम सञ्चालन रहेकोमा आगामी दिनमा कार्य क्षेत्रलाई विस्तार गरि १० वटै स्थानीय तहमा पुग्ने बताउनुभयो ।
आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिला कार्कीले बाख्रा पालन गर्ने कृषकहरूलाई बाख्रा उपहार,प्राविधिक सहयोग,घाँस खेती विस्तारको लागि सहयोग,सामुहिक बजारीकरणको लागि सस्थाले सहयोग पुर्गाउदै आएको छ । कार्यक्रमले युवाहरूलाई उत्साहा थप्न र महिलाहरूलाई आत्मनिर्भर हुन सहयोग पुगेको बताउनुभयो । परियोजनाले बाख्रा पकेट क्षेत्रका लागि बाख्रा उपहार,घासको बीउ वितरण,तरकारी खेती प्रवर्धन,सामुदायिक अदुवा खेती लगाएतका कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । तानसेन नगरपालकाले र रेडाको सहकार्यमा हाल ५ सर्य जना पुरूष र झण्डै १ हजार महिलाहरू स्वरोजार मुलक कार्य जोडिएको बताउनुभयो । शुरूवा किसानहरूलाई १२ सय बाख्रा उपहारको रूपमा प्रदान गरिएकोमा अहिले सख्यामा वृद्धि भइ १५ पुगेको बताउनुभयो ।
तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले तानसेन नगरपालिकाले नगरका महिला तथा युवाहरूलाई उत्पादनमूलक कार्यबाट स्वरोजगार बनाउनका लागि पकेट क्षेत्रका कार्यक्रम सञ्चालन गरेको छ । आगामी दिनमा अन्य पकेट क्षेत्रका कार्यक्रम सञ्चालन गरि मासु,दूध तरकारीमा आत्मनिर्भर बनाउने योजनाका साथ नगरपालिका अगाडी बढेको बताउनुभयो । तानसेन नगरपालिकाले बाख्रा पालन पकेट क्षेत्र कार्यक्रम अन्तर्गत ४ हजार ५ सय बाख्रा वितरण गरिएको बताउनुभयो । बाख्रा पालनको लागि नगरपालिकाले झण्डै २ सय ५० भन्दा धेरै खोरहरूको निर्माण गरिएको बताउदै आगामी दिनमा दुधमा आत्मनिर्भर बनाउनका लागि अनुदानमा भैंसी वितरण कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
तानसेन नगरपालिका र ग्रामीण आर्थिक विकास संघ रेडाले तानसेन नगरपालिकाका वडाहरूमा बाख्रा पकेट क्षेत्र,तरकारी पकेट क्षेत्र,विना धितो युवाहरूलाई ऋण प्रदान जस्ता कार्यक्रम सञ्चालन गरेको छ । स्थानीय सरकारले स्वरोजगार मुलक कार्यक्रम सञ्चालन गरेपछि युवाहरूमा उत्साहित र महिलाहरू उत्पादनमूलक कार्यबाट आत्मनिर्भरता तर्फ अगाडि बढेका छन ।