सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

माथागढी गाउँपालिकाको बजेट सडक पुर्वाधार र कृषिलाई प्राथामिकता-५५ करोड ८५ लाख ८८ हजार ४ सय ३४ बराबरको बजेट सार्वजनिक

सन्तोष गहतराज, बिहीबार, २६ चैत्र, २०७७

माथागढी गाउँपालिकाको बजेट सडक पुर्वाधार र कृषिलाई प्राथामिकता-५५ करोड ८५ लाख ८८ हजार ४ सय ३४ बराबरको बजेट सार्वजनिक

पाल्पा -जिल्लाको माथागढी  गाउँपालिकाले आगामी वर्षको लागि सडक पुर्वाधार ,शिक्षा,कृषि तथा पशुपालन,खानेपानी ,विधुत र स्वास्थ्यलाई प्राथमिकता राख्दै ५५ करोड ८५ लाख ८८ हजार ४ सय ३४ बराबरको बजेट सार्वजनिक  गरेको छ । गाउँपालिकाको नवौं गाउँसभामा निर्मला भटराइले नीति तथा कार्यक्रमलाई पूरा गर्नको लागि  ५५ करोड ८५ लाख ८८ हजार ४ सय ३४ बराबरको बजेट सार्वजनिक अनुमानित आय व्यय प्रस्तुत गर्नुभयो ।

उहाँले सडक पूर्वाधार विकास,  कोभिड नियन्त्रण, व्यवसायीक कृषि, पशुपालन,विद्युत विस्तार लगायतका क्षेत्रमा बजेट प्राथमिकतामा राखेको बताउनुभयो । पूजीगततर्फ २४ करोड १८ लाख ५४ हजार[ ४३.३] प्रतिशत  र चालुतर्फ ३१ करोड ६७ लाख ३४ हजार [५६.७]प्रतिशत   विनियोजन गर्न पेश गर्नुभएको छ । आय तर्फ सरकारी वितिय हस्तान्तरण अन्तर्गत संघीय सरकारबाट समानिकरण अनुदान १० करोड ७९ लाख,सशक्त अनुदान तर्फ २५ करोड १० लाख,समपुरक अनुदान तर्फ २ करोड ८ लाख,बिशेष अनुदान तर्फ १ करोड १६ लाख बजेट विनियोजन भएको छ । त्यस्तै लुम्बिनी प्रदेश सरकारबाट समानिकरण तर्फ ५० लाख ८ हजार,ससर्त अनुदान तर्फ १ करोड ४५ लाख ४४ हजार,समपुरक अनुदान तर्फ १ करोड ५० लाख विनियोजन भएको छ । सघीय राजस्व बाडफाडबाट ८ करोड २० हजार २३ हजार ,प्रदेश सरकारबाट ८७ लाख १३ हजार ४ सय ३३ र आन्तरिक स्त्रोतबाट ४ करोड १७ लाख र अन्य आयबाट ३ लाख विनियोजन भएको छ । 

गाउँसभाको चालु अधिवेशनले बजेट तथा नीति कार्यक्रम पास गर्नेछ । गाउँसभामा विकासको मेरुदण्ड सडक भएकाले सडक नपुगेका ठाउँमा सडक विस्तार,स्तरउन्नती तथा कालोपत्रे  गर्ने,पुलहरुको निमार्ण गर्ने,गाउपालिकाको प्रशासकृय भवनको निमार्ण गन, कृषि, तथा पशुपालनलाई आधुनिकिकरण गर्ने  नीति लिइएको छ । यस्तै खानेपानी समस्या समाधानको लागि एक घर एक धाराको निर्माण र व्यवस्थापन गर्ने अध्यक्ष सन्तोष थापा मगरले बताउनुभयो ।

यस्तै सिंचाई, कृषि तथा पशुपालन, कोरोना रोकथाम, कोरोनाको खोप खरिद गर्ने,कृषि तथा पशुपालनलाई व्यवस्थित गरिने,पालिकाको प्रशासकृय भवनको निमार्ण गर्ने, अभिलेखिकरण लगायतका काम गर्ने समेत योजना रहेको छ ।गाउँसभामा लुम्बिनी प्रदेश सभा सदस्य वीर बहादुर राना,नेकपाका नेता राजेश पन्थी, नेपाली कांग्रेसका बालकृष्ण जि सी,राप्रपाका राजेन्द्र जि सी, मंगोल नेशनल अर्गनाइजेसनका पुर्ण बहादुर रुचाल, पत्रकार महासंघ पाल्पा उपाअध्यक्ष भरत शर्मा, प्रधानध्याकहरु दुर्गा काफ्ले र प्रेम खराल ,उपाध्यक्ष निर्मला भटराई, प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, वडा अध्यक्षहरु, विषयगत समितिका सदस्यहरु, कार्यपालिका सदस्यहरु, कर्मचारी,राजनैतिक दलका नेताहरुक लगायतको उपस्थिति रहेको थियो ।

माथागढी गाउँपालिकाको बजेट सडक पुर्वाधार र कृषिलाई प्राथामिकता-५५ करोड ८५ लाख ८८ हजार ४ सय ३४ बराबरको बजेट सार्वजनिक

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif