मंगलवार, ३१ श्रावण, २०७९

advertisement_1659249309.gif

माथागढी गाउँपालिकाकाे सार्वजनिक सुनुवाइ एवम बार्षिक समीक्षा

भैरव संवाददाता, बिहीबार, २१ आश्विन, २०७८

माथागढी गाउँपालिकाकाे सार्वजनिक सुनुवाइ एवम बार्षिक समीक्षा

माया बस्याल 
माथागढी गाउँपालिकाले गर्याे सार्वजनिक सुनुवाइ कार्यक्रम 
माथागढी गाउँपालिकाले अार्थिक वर्ष २०७७ /०७८ सालमा पालिकाका ८ वटै वडामा सञ्चालन भएका याेजना तथा कार्यक्रमकाे सम्बन्धमा सार्वजनिक सुनुवाइ तथा वार्षिक समिक्षा कार्यक्रम गरेको छ । 
कार्यक्रमका अवसरमा कार्यक्रम सहजकर्ता एवम् पत्रकार मुक्ति न्याैपानेले ८ वटै वडाका जनताहरुलाई भेटेर जनगुनासाे संकलन गरि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । जसमा जनताले सेवा सुविधा नपाएको , अाफ्नालाई छनाैट गरिएको , समुदाय सम्म जनप्रतिनिधि नपुगेको , समुदायका गुनासो जनप्रतिनिधिले सम्बाेधन नगरेको , काेराेना भ्याक्सिन सबैलाई नपुगेको , गरिब मैत्रीपूर्ण नीति कार्यक्रम नबनेको महशुस ,वडा कार्यालयमा वडा पत्र र गुनासो पेटिका नभएको , शिक्षामा बजेट ७५% मात्रै निकासा भएको , उपभोक्ता समितिका सदस्यले दुख पाएका जस्ता गुनासो कर्मचारीले सेवाग्राही सँग गर्ने व्यवहार राम्रो नभएको जस्ता गुनासो उठेका थिए । स्वास्थ सम्बन्धि गुनासो स्वास्थ्य प्रमुख केशब जि सि , शिक्षा सम्बन्धि गुनासाे शिक्षा शाखा अशेष भट्टराई , कृषि सँग सम्बन्धित गुनासो कृषि शाखा प्रमुख सीता खाम्चा, गाउँ पालिकाकाे समग्र गुनासो गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले सम्बाेधन गरि अागामी अाउदा दिनमा जनताको गुनासो सम्बाेधन गर्ने गरि काम गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । साथै सम्पूर्ण वडा अध्यक्षले पनि सहमति जनाउँदै अागामी अाउने दिनमा सुधारात्मक टिप्पणी लिएर अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि बुद्धिजीवी लगाएतले सकारात्मक विचार धारणा व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराई ,पत्रकार माधव अर्याल , कृष्ण पाेखरेल रामचन्द्र रायमाझी , सन्तोष बस्याल हरि जि सि लगाएतकाे उपस्थिति थियोे ।
कार्यक्रम पत्रकार दिपक पाेखरेलकाे सञ्चालनमा सम्पन्न भएको हाे ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif