माया बस्याल, बिहीबार, २९ पुष, २०७८
पाल्पा-माथागढी गाउँपालिकाकाे दशाैं गाउँसभा सम्पन्न भएको छ ।
कार्यक्रम समापनमा बाेल्दै सभाध्यक्ष सन्तोष थापाले गाउँपालिकाले गरेका कार्यहरु लाई समापन गर्नु परेका समस्या चुनाैतीहरु अात्मसाथ गर्दै अगाडि बढिएकाे स्थानीय सरकार भैसकेपछि सरकारकाे पक्षबाट गर्नुपर्ने कार्यलाई निरन्तर रुपमा लागिएको, कर्मचारी अभावमा पनि नागरिकको कार्यलाई नराेकीएकाे सेवा प्रवाहमा सकेसम्म काम तथा समस्या समाधान गर्नका लागि अगाडि बढी कार्य सम्पन्न गरिएको बताउनुभयो । स्थानीय पाठ्यक्रम लागू गरिएको साथै गाउँपालिका भित्र सुधार गर्नुपर्ने कुराहरू धेरै रहेकाेमा सुधार गर्दै अगाडि बढेकाे हुदा आफू पनि सन्तुष्ट नभएको र सञ्चारकर्मी तथा पत्रकारले समेत सूचनाको पाटाेमा सहयोग गर्नका लागि अनुराेध गर्नु भएको थियो । साथै आफूबाट गर्नुपर्ने कार्यलाई पूर्णरुपमा अगाडि बढ्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।
सभा सदस्य एवम् गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले माथागढी गाउँपालिकाकाे विनियोजन ऐन २०७८/०७९ लाई संशोधन गर्न गाउँपालिकाकाे १० औं गाउँसभामा प्रस्तुत गरि याेजनालाई पारित गर्नका लागि प्रस्तुति सहित प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
गाउँसभामा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तथा सभाका सचिव दिनेश ज्ञवालीले गाउँपालिकाबाट गरिएको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शिक्षक कर्मचारी बिमा , ६ वटा उच्च माध्यमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पाेसाक वितरण, २९ सय १६ जना नागरिकको नि:शुल्क मुटु परीक्षण साथै जटिल समस्या भएका ५९ जनालाई रिफर गरिएको, काेभिड १९ विरुद्ध ८९% नागरिकलाई खाेप लगाइएको ,स्वास्थ्यकर्मी लाई तालिम सञ्चालन गरिएको, लैङिगक हिंसा विरुद्ध १६ दिने अभियान ८ वटै वडामा गरिएको, शताब्दीका जेष्ठ नागरिकलाई सम्मान गरिएको , १५ शैयाकाे अस्पताल निर्माण सुरु लगाएतका विभिन्न याेजनाहरु समेटिएको साथै कृषि क्षेत्र, पशु क्षेत्र, प्रशासन क्षेत्र लगायतमा गरिएको सहित प्रगति सहित प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । आज सम्ममा खर्च प्रगति विवरण चालू तर्फ कुल बजेट रु३०९७४९००० र खर्च बजेट रु९७१७९६७८.०८ पुँजी तर्फ कुल बजेट रु २४७३४६००० मा खर्च रु १८३९७८००.४२ रहेको बताउनु भएको थियो ।
सभाले जग्गा दाता, उत्कृष्ट शिक्षक, उत्कृष्ट कर्मचारी तथा उत्कृष्ट पत्रकार, सेवा निर्वृत प्र अ, विद्यालयका उत्कृष्ट शिक्षक, लगाएतलाई गाउँपालिकाले सम्मान गरेको छ । सम्मानमा करुवा, नगद पुरस्कार, फूलमाला टीका खादा सहित सम्मान गरिएको हाे ।
सम्मानित व्यक्तित्वहरुकाे तर्फबाट शुभकामना मन्तव्य सेवा निवृत्त शिक्षककाे तर्फबाट रामप्रसाद अर्याल , सम्मानित शिक्षकहरू तर्फबाट राजन अधिकारी, जग्गा दाताहरूको तर्फबाट बालकृष्ण जि सि, नेपाल पत्रकार महासंघ उपाध्यक्ष भरतराज शर्मा ,पत्रकार महासंघ अध्यक्ष रेखिराम राना लगाएतले शुभकामना मन्तव्य राख्दै गाउँपालिकाले गरेको उत्कृष्ट कार्यप्रति धन्यवाद ज्ञापन गर्नु भएको थियोे ।
सभा सभाका सचिव दिनेश ज्ञवालीको सञ्चालन एवम् गाउँपालिका प्रवक्ता मधु पराजुलीको स्वागत मन्तव्यमा सम्पन्न भएको हाे।