माया बस्याल, सोमबार, १३ असार, २०७९
माथागढी गाउँपालिकाको समन्वय र कसेनी सामुदायिक सिकाइ केन्द्र माथागढी ३ कसेनीको आयोजनामा २ दिने गुडिया र कुसन बनाउने तालिमको प्रदान गरिएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै वडा नं ३ का वडा अध्यक्ष तेजबहादुर घर्ती मगरले हिजोका दिनमा भएका तालिम र आज भोलीका दिनमा हुने तालिमको प्रभावकारीता मुल्यांकन गरि व्यवसायीतामा जोड दिने समूह समुदायलाई पालिका तथा वडाबाट पहिलो प्राथमिकतामा राखि योजना ल्याइने साथै यस सामुदायीक सिकाई केन्द्रको उचित व्यवस्थापनको लागि जोड दिने बताउनुभयो । महिला आयआर्जन समुहहरुको लागि अन्य थुप्रै कार्यक्रमहरु आगामी आर्थिक वर्षमा सन्चालन गर्ने कुरालाई जोड दिनु भएको थियो ।
कार्यक्रमका अवसरमा शुभकामना दिदै अतिथिहरु सरस्वती खनाल,तिल कुमारी पोख्रेल लगायतले आफ्नो धारणा राख्नुभएको थियो । साथै महिलालाई व्यवसायीता तर्फ लैजान पालिका र वडालाई ध्यानाकर्षण गराउनु भएको थियो ।
कार्यक्रम समापनका अवसरमा खेमान सिं रानाले शुभकामना मन्तव्य सहित स्वास्थ्य नै धन हो भन्दै पलाष्टिक मुक्त गर्न मेसिन बाट दुना टपरी बनाउने तालिमको व्यवस्थापन पालिकाले आगामी दिनमा गनुपर्ने कुरा राख्नु भएको थियो ।
तालिममा सहभागी को तर्फबाट शोभा रानाले तालिममा सिकेका कुरा व्यवहारमा उतार्ने र आयआर्जनमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम को समापन गर्दै संस्थाका अध्यक्ष नारायणप्रसाद घिमिरेले आगामी दिनमा गाउँ पालिकाको सहयोग रहेको खन्डमा यस्ता अन्य थुप्रै तालिमहरु सञ्चालन गर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रम को सञ्चालन सस्थाका परिचालक रेखा काफ्ले ले गर्नुभएको थियो ।