सन्तोष गहतराज, सोमबार, ६ असार, २०७९
पाल्पा-जिल्लाको माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले पालिकामा नवप्रवर्तन साझेदारी कोष कार्यक्रमबाट पालिकाका करिब ४ सय जना बेरोजगार युवा तथा महिलाहरूलाई स्वरोजगार बनाउने बताउनु भएको छ । मुख्य मन्त्री परिषद् कार्यालय अन्तर्गत संचालित पि एल जि एस पि र पालिका बिचको साझेदारीमा सञ्चालन हुन लागेको नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन अभिमुखीकरण कार्यक्रममा अध्यक्ष चिदीले उक्त कुरा बताउनुभएको हो ।
गाउँपालिकाले पहिलो चरणमा पालिका स्तरको गोष्ठी एवम अन्तर्कृया कार्यक्रम गर्ने र दोस्त्रो चरणमा पालिकाका ८ वटै वडाहरूमा गरिब,विपन्न,अल्पसंख्यक,सिमान्तकृत परिवारका बेरोजगार नागरिकहरूलाई स्वरोजगार बनाउने उधेश्यका साथ कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो । गाउँपालिकाले बेरोजगार युवा तथा महिलाहरूको सर्वेक्षणको माध्यमबाट तथ्यांक पत्ता लगाउने, सहि तथ्यका आधारमा नवप्रवर्तन साझेदारी कोषबाट सञ्चालित विभिन्न उधमशिलता तालिमबाट स्वरोजगार बनाउने बताउनुभयो । गाउँपालिकाले बेरोजगार युवा तथा महिलाहरूलाई मौरी पालन,व्यवसाय,एडभान्स सिलाई कटाई तालिम,एडभान्स व्युटिसियनका तालिम,व्यवसायीक दुना टपरी बनाउने तालिम एवम पालिकाको जङ्गलमा प्रशस्त रूपमा उपलब्ध हुने तेज पत्ताबाट मसला उत्पादन एवम विक्री वितरण एवम ब्राडिङ्ग गरिने बताउनुभयो ।
गाउँपालिकाले परियोजनाको माध्यमबाट सञ्चालन गर्न लागेको स्वरोजगार कार्यक्रमबाट पालिकाको मौरी पालन सम्भावना रहेका वडाहरूको छनोट गरि व्यवसायीक मौरी पालन पकेट क्षेत्रको रूपमा विकास गर्ने छ । मौरी पालनका लागि आवश्यक तालिम एवम सामाग्री गाउँपालिकाले प्रदान गर्ने बताउनुभयो । त्यस्तै सिलाई कटाई र व्युटिसियन तालिमको सन्दर्भमा विगत समयमा भएका आधारभुत तालिम भन्दा एडभान्स तालिम प्रदान गरिने जस्ले वास्तविक रूपमा तालिम पश्चात् व्यवसायीक कार्यमा संलग्न हुने गरि तालिम प्रदान गरिने बताउनुभयो । दुना टपरी बनाउने तालिमका लागि मेसिनको प्रयोग गरि अत्याधुनिक प्रविधिबाट छिटो छरितो रूपमा सामाग्रीको निर्माण गरि माथागढीको पहिचान सहितको दुना टपरीलाई ब्राडिङ्ग गरि बजारमा बजारीकरण गर्ने बताउनुभयो । माथागढी गाउँपालिका जिल्लाको सबै भन्दा ठुलो गाउँपलिका हो । पालिकाको धेरै भुभाग ग्रामीण भेगमा पर्छ । माथागढी गाउँपालिकाको वडाहरूमा तेज पत्ता,दाल चिनिको विरूवाहरू प्रशस्त रूपमा पाइने गर्दछन । हाल कृषकहरूले तेजपत्ताको पात र बोक्रा विक्री वितरण गरि निर्वाहमुखी रूपमा जीविको पार्जन गरिरहेको सन्दर्भमा गाउँपालिकाले आगामी दिनमा पालिकामा पाइने तेज पत्ता,दाल चिनिको यहि नवप्रवर्तन कार्यक्रमको माध्यमबाट दाल चिनिको मसला बनाइ ब्राडिङ्ग गरिने बताउनुभयो ।
गाउँपालिकाले पालिकाका ८ वटा वडाका झण्डै ४ सय युवा तथा महिलाहरूलाई विभिन्न स्वरोजगार कार्यक्रमका माध्यमबाट उत्पादनमूलक कार्यमा जोडि व्यवसायीक उधमी बनाउने योजनाका साथ गाउँपालिकाले कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभयो । पालिकाले वास्तविक बेरोजगार,गरिब विपन्न,अल्पसंख्यक,सिमान्तकृत समुदायका नागरिकहरूलाई विभिन्न उधमशिलताका कार्यबाट आर्थिक सवलीकरण गरि स्वरोजगार बनाउने बताउनुभयो ।
कार्यक्रममा पालिकाका ८ वटा वडाका वडा अध्यक्षहरूको तर्फबाट माथागढी गाउँपालिका वडा न १ का वडा अध्यक्ष राज कुमार पन्थीले गाउँपालिकाले विगत समयमा विभिन्न स्वरोजगारका कार्यक्रमहरू सञ्चालन गरेको तर उपलब्ध मुलक नभएको गुनासो गर्दै आगामी दिनमा युवा स्वरोजगार कार्यक्रमले परिणाम मुखी कार्य गर्न सुझाव दिनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि माथागढी गाउँपालिका उपाध्यक्ष विष्णु माया लुइङ्चेले विगतमा भइरहेका व्यवसायीक मुलक कार्यक्रमलाई थप परिस्कृत गरि युवा तथा महिलालाई व्यवसायीक बनाउने लक्ष्य रहेको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश ज्ञवालीले नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन कार्यक्रम लुम्बिनी प्रदेशमा पहिलो पटक कार्यान्वयन भएको बताउनुभयो । उक्त कार्यक्रमका लागि लुम्बिनीका ९ वटा गाउँपालिका मात्र छनोट भएकोमा माथागढी गाउँपालिका कार्यक्रमको लागि छनोट भएको बताउनुभयो । कार्यक्रमले पालिकाका गरिबी, विपन्न,अल्पसंख्यक,सिमान्तकृत परिवारका युवा तथा महिलाहरूलाई व्यवसायीक कृषि उपजका एवम तालिमको माध्यमबाट परिमाण मुखी तरवले स्वरोजगार बनाउने गरिने कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । कार्यक्रमले बेरोजगार युवा ,स्वदेशमा रोजगारीको अवसर नपाई बैदेशिक रोजगारीका लागि भौतारि रहेका युवा तथा महिलाहरूलाई व्यवसायीकताको माध्यमबाट स्वरोजगार बनाइने बताउनुभयो ।
कार्यक्रममा माथागढी गाउँपालिकाका छैठो अधिकृत नित्यान्द खनालले बेरोजगार युवालाई स्थायी रूपमा स्वरोजगार बनाउन कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । कार्यक्रमले विशेष गरि महिला,सिमान्तकृत,गरिब, विपन्न नागरिकलाई स्वरोजगार बनाउने लक्ष्य रहेको बताउनुभयो । कार्यक्रमले झण्डै ४ सय घर परिवारलाई स्वरोजगार बनाउने बताउदै त्यस्का लागि पालिका स्तरीय गोष्ठी,रोजगारीको लागि घरधुरि सर्वेक्षण,समूह गठन तथा छलफल,उधमशिलता तालिम प्रदान,६० जनालाई १५ दिने व्यवसायीक तरकारी सम्बन्धि तालिम,६ महिने सिलाई कटाई तालिम,३ महिने व्युटिपालर एडभान्स तालिम,व्यवसायीक मौरी पालन,दाल चिनि र तेजपत्ता प्रशोधन एवम ब्राडिङ्ग तालिम,व्यवसायीक दुना टपरी तालिम प्रदान गरिने बताउनुभयो ।
कार्यक्रममा माथागढी गाउँपालिकाका लेखा अधिकृत सन्तोष दाहालले कार्यक्रम कुल २ करोड १५ लाख सञ्चालन हुन लागेको बताउनुभयो । जस्मा गाउँपालिकाको ६५ लाख र प्रदेश सरकारको १ करोड ५० लाख बजेटमा बेरोजगार युवालाई स्वरोजगार बनाउन कार्यक्रम ल्याइएको बताउनुभयो ।
कार्यक्रमको सञ्चालन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव जिसीले गर्नुभएको थियाे ।