सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

माधव नेपाल पक्ष माओवादी केन्द्रमा विलय हुने;एमाले उपमहासचिव पौडेल

सन्तोष गहतराज, मंगलवार, २६ श्रावण, २०७८

माधव नेपाल पक्ष माओवादी केन्द्रमा विलय हुने;एमाले उपमहासचिव पौडेल

पाल्पा-नेकपा एमाले उप महासचिव विष्णु पौडेलले माधव नेपालको समुह पाँच छ महिना भित्र नेकपा माओवादी केन्द्रमा विलय हुने बताएका छन । नेकपा एमाले पाल्पाले तानसेनमा गरेको अगुवा कार्यकर्ता भेला लाई सम्वोधन गर्दै उप महासचिव पौडेलले माओवादी प्रचण्ड संग विलय हुनको लागी नेपाल समुहले आधारहरु खोजीको लागी गृहकार्य शुरु गरेको आरोप लगाएका छन । माओवादी अध्यक्ष प्रचण्डकै निर्देशनमा माधव नेपाल अगल भएकोले माधव नेपाल लाई माओवादीमा आफ्नो हैसियत कायम गरी दोस्रो अध्यक्ष बनेर देखाउन चुनौती दिएका छन ।

अहिलेको नेकपा एमाले विरुद्धको पाँच दलिय गठवन्धन अव धेरै दिन नटिक्ने ठोकुवा गदैए त्यसका आधारहरु भत्किदै गएको एमाले उप महासचिव पौडेलले बताए । माधव समुहले पाँच दलिय गठवन्धन मार्फत चुनाव जाने तयारी गरेपनि नेपाली काग्रेसले माधव नेपालको आगामी निर्वाचनमा सहयोग नगर्ने प्रष्ट रणनिती बनाएको नेता पौडेलले दावी गरे । माधव नेपाल समुहलाई नेकपा एमाले राजनितिक शक्तिको रुपमा कदापि स्विकार्न नसकिने बताए ।

नेपालको कानुन अनुसार कुनै पनि पार्टी र संसदीय दलमा ४० प्रतिशत कायम हुनुपर्ने नियम भएपनि कानन विपरित २० प्रतिशतको अध्यादेशको भरमा माधव समुहलाई राजनितिक दलको रुपमा स्विकार्य गर्न नसकिने नेता पौडेलले प्रष्ट पारे । माधव नेपाल समुह प्रधानमन्त्री, सभामुख र विदेशी शक्तिको कृपाबाट प्रचलित कानुन विपरित बनाईदिएको अवैधानिक झुण्ड भएको उपमहासचिव पौडेलले आरोप लगाए ।


नेकपा एमाले बाट माधव नेपाल अगल भएकोमा सवैभन्दा बढी खुसी प्रचण्ड लगायत माओवादी नेता र नेपाली काग्रेसहरु भएको बताउदै कोही खुसी हुदैमा एमाले शक्ती कमजोर नभएको एमाले महासचिव पौडेलले बताए ।

अगुवा कार्यकर्ताहरु भेला लाई एमाले केन्द्रिय सदस्य दल बहादुर राना, ठाकुर गैरे, र दधिराम न्यौपाने, लुम्विनी प्रदेश कमिटी सदस्य यादव बहादुर रायमाझी,झपेन्द बहादुर जिसी, लेखा आयोग सदस्य धनेन्द्रराज घिमिरे, तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, जिल्ला समन्वय समितीकी कार्यवाहक प्रमुख मिरा मरासिनी लगायतले सम्वोधन गरेका थिए ।

जिल्ला अध्यक्ष नारायण प्रसाद आचार्यको सभापतित्वमा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष मोहन थापा र संचालन  सचिव ओम बहादुर घर्तिमगरले गरेका थिए  ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif