भैरब खबर डटकम, सोमबार, २ चैत्र, २०७७
सन्तोष गहतराज
पाल्पा,मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा पाल्पाले सोमबार तानसेनको सित्तलपाटीमा म्यानमारमा भइरहेको हत्या र दमनको विरोध एंवम राजनैतिक बन्दीहरूको बिना शर्त रिहाईको माग गर्दै विरोध कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम प्रमुख अतिथि मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपाध्यक्ष कृष्ण बहादुर रावलले म्यानमारमा आङसाङ्ग सुखी लगाएत राजनैतिक बन्दीहरूको हत्याले मानव अधिकार माथि हन्न भएको बताउनु भयो । बाच्न पाउनु मानिसको नैर्सगिक अधिकार रहेको बताउदै जुन म्यानमारमा शैन्य शासकहरूले मानवलाई हत्या गरेको छ । यस्ले मानव अधिकारलाई कुल्चने प्रयास गरेकोले तुरुन्तै ती राजनैतिक बन्दिहरूलाई रिहाइ गर्नु पर्ने बताउनु भयो । मानव अधिकार तथा शान्ति समाज जहिले पनि सरकारको आलोचक नभई समर्थक रहेको बताउदै जब सरकारले मानव अधिकारलाई कुच्चने प्रयास गर्छ तब मानव अधिकार तथा शान्ति समाज मानव अधिकारको संरक्षण गर्न अगाडि बढ्ने बताउनु भयो । साथै उहाले देशमा निर्मला हत्या काण्ड,लागू पदार्थ दुर्वेशन,सिराहाको बम काण्डका पिडितहरूले अझै पनि न्याय पाउन नसकेको बताउदै त्यस घटना प्रती मानव अधिकार तथा शान्ति समाजको ध्यान आकर्षण भएको बताउदै दोषिलाई कारवाही हुनु पर्ने बताउनु भयो ।
कार्यक्रम प्रेस न्युनियन पाल्पाका सचिव राम चन्द्र रायमाझी,मिलिनियम सेकेन्डरीका कानुनी संकायमा अध्ययनरत छात्र विमल बिसी,छात्रा सिमा पाण्डे लगाएतले मानव अधिकार तथा शान्ति समाज जहिले पनि मानव अधिकारको संरक्षण गर्नका लागि संघर्ष गरेको बताउदै म्यानमारमा १८ जना राजनैतिक बन्दीहरूको हत्याले मानव अधिकारको हनन भएकोले अन्य कैदी बन्दीहरूलाई तुरुन्तै रिहा हुनु पर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रम सस्थाका सभापति अरूण ज्ञवालीको सभापतित्व र सचिव सन्त वीर बरालको सञ्चालनमा सम्पन्न भएको थियो । विरोध प्रदर्शनिमा सहभागीहरूले सैनिक शासन चाहिदैन मान्छे मार्न पाइदैन,राजनीति बन्दी रिहा गर,मानव अधिकारको सम्मान गरौ,हत्या दमन बन्द गर,लोकतन्त्र बहाली गर लगाएतका प्लेकार्ड बोकेका थिए ।