सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

नेकपा पाटी भित्र अन्तर द्वन्‍द ल्याउने काम प्रचण्डबाट शुरू भयो. केन्द्रिय सदस्य पाण्डे

भैरब खबर डटकम, आईतवार, २५ माघ, २०७७

नेकपा पाटी भित्र अन्तर द्वन्‍द ल्याउने काम प्रचण्डबाट शुरू भयो. केन्द्रिय सदस्य  पाण्डे

नेपाल कम्युनिस्ट पाटी नेकपा संविधान सभा सदस्य एवम ओली पक्षका नेता विन्दा पाण्डेले  नेपाल कम्युनिस्ट पाटीमा आन्तरिक द्वन्द्व ल्याउने काम प्रचण्डले ल्याएको बताउनु भएको छ । 
अखिल नेपाल महिला संघ ,जिल्ला स्तरीय अगुवा महिला कार्यकता भेलामा पाण्डेले उक्त कुरा बताउनु भएको हो । सरकार गठन गर्ने क्रममा ओली र प्रचण्डबीच अध्यक्षको जिम्मेवारी प्रचण्डले लिने र ५ बर्ष सम्म ओली प्रधानमन्त्री भइ काम गर्ने सहमति भएको बताउनु भयो । तर प्रचण्डले आफ्नो व्यक्तिगत स्वाथका लागि विचमै पाटीमा अन्तर द्वन्द्व सिर्जना गरेको र पाटी फुटको संघारमा आएको बताउनु भयो । उहाले अखिल नेपाल महिला संघले शुरूका दिन देखि महिलाका यौनिक पहिचान  महिला र पुरूष हुन सक्छन् तर सर्वभौमिकता र स्वाभिमान फरक हुन सक्दैन , सबै नागरिकहरू समान हैसियतका नागरिक रहेको बताउनु भयो । त्यही समान हैसियतका लागि अखिल नेपाल महिला संघ आन्दोलनलाई यहाँ सम्म ल्याइ पुग्याएको बताउनु भयो । अझै पनि महिलाहरू सुरक्षित हुन नसकेको, छोराछोरीमा गरिने व्यवहार समान छैनन् , महिलाहरूले पाउने अवसरहरूमा समान नरहेको र त्यसलाई समान स्तरमा पुग्याउन अखिल नेपाल महिला संघ निरन्तर संघर्ष गरेको बताउनु भयो । संविधानमा महिला हक र अधिकारका धेरै कुराहरू लेखिएका छन र केही कार्यान्वयन भएका छन भने केही कार्यान्वयन हुन बाकी रहेकोले त्यस्लाई कार्यान्वयन गर्न अखिल नेपाल महिला संघ नेतृत्व, कृयाशिलता ,गतिशीलता ,अझै आवश्यकता रहेको र त्यस का लागि संगठित हिसाबबाट अगाडि बढ्नको लागि सबै एक जुट भएर लाग्न आर्गह गर्नु भयो।

नेकपा पाटी भित्र अन्तर द्वन्‍द ल्याउने काम प्रचण्डबाट शुरू भयो. केन्द्रिय सदस्य  पाण्डे

 कार्यक्रममा  नेकपाकि केन्द्रीय सदस्य इन्दा गहतराज ,पुर्व सविधान सभा सदस्य तथा केन्द्रीय सदस्य नारायणी शर्मा, नेपाल कम्युनिस्ट पाटी केन्द्रीय सदस्य एवम महिला नेतृृ सिर्जना काफ्ले ,केन्द्रीय सदस्य एवम पाल्पा जिल्ला अध्यक्ष नारायण आर्चाय, नेपाल कम्युनिस्ट पाटीका केन्द्रीय सदस्य धनेन्‍द्र  राज घिमिरे लगाएकोले बोल्नु भएको थियो ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif