मंगलवार, ३१ श्रावण, २०७९

advertisement_1659249309.gif

निल सागर वृद्धा आश्रमलाई तानसेन नगरपालिकाको सहयोग

सन्‍तोष गहतराज, मंगलवार, १४ असार, २०७९

निल सागर वृद्धा आश्रमलाई तानसेन नगरपालिकाको सहयोग

पाल्पा-मानिस भएर जन्मिए पश्चात् आफ्नो भाग्य रेखा अनुसार लेखेको कुरा जीवन भोग्नु पर्छ भन्ने आन आज भोली पनि समाज प्रशस्त मानिसहरूले प्रयोग गर्दछन । सोही अनुसार तानसेनका पेटि तथा पैवाहरूमा जीवन विताइरहेका व्यक्तिहरूलाई आश्रय दिदै आएको सस्था निल सागर वृद्धा आश्रम हो । हाल आश्रममा शारीरिक रूपमा फरक क्षमता भएका व्यक्ति छन भने कोही वृद्ध वृद्धाहरू रहेका छन । सहयोगी हातहरूबाट सञ्चालन भएको सस्थाले सहयोग सामाग्रीबाट आश्रममा भएका वृद्ध वृद्धाको पालन पोषण गर्ने गरेको छ । वृद्ध वृद्धाहरूलाई सुत्नको लागि बेडको अभाव रहेको परिस्थितिमा हाल तानसेन नगरपालिकाले भने आश्रमलाई २० वटा वेड हस्तान्तरण गरेको छ । 

एक औपचारिक कार्यक्रमका विच तानसेन नगरपालिकाको मातहतमा तानसेन वडा न १ का वडा अध्यक्ष सुनिल कुमार बस्याल,नेपाली काङ्ग्रेस तानसेन नगर कमिटीका सभापति  सुवर्ण मुनि शाक्य लगाएतले वृद्धा आश्रमलाई २० वटा वेड हस्तान्तरण गर्नु भएको हो । 

वेड हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि तानसेन वडा न १ का वडा अध्यक्ष सुनिल कुमार बस्यालले विगतको समय देखि आश्रमले मानवीय सेवाभावका साथ  सडक पेटिमा बस्ने वृद्धा वृद्धालाई आश्रय प्रदान गरि अभिभावकत्वको भुमिका निर्वाह गरेको बताउनुभयो । वृद्ध वृद्धालाई बेडको अभावका कारण  भुइमा सुत्नु पर्ने परिस्थिति रहेकोमा हाल नगरपालिकाले वेड प्रदान गरेको र  आगामी दिनमा चिसोबाट  सुरक्षित हुन सहयोग पुग्ने बताउनुभयो । नगर सरकारले राहत स्वरूप खाधान्न हस्तान्तरण गरेको बताउदै आगामी दिनमा वडा तह र नगर सरकारसँगको सहकार्यमा सस्थाको लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । 

कार्यक्रममा विशिष्ट अतिथि तानसेन नगर कमिटीका सभापति सुवर्ण मुनि शाक्यले सामाजिक उत्तरदायित्वको भावनाका साथ स्थापित सस्था निल सागरले सडकका पेटी तथा पैवाहरूमा जीवन यापन गरिरहेका वृद्व वृद्धाहरूलाई आश्रय प्रदान गरि मानवीय भावनाको पाठ सस्थाले सिकाएको बताउदै सस्थासँग सामाजिक कार्यमा सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो । 

कार्यक्रममा निल सागर वृद्धा आश्रमका अध्यक्ष देव प्रसाद बज्राचार्यले आश्रित अशक्तहरूलाई बेडहरू नभएको र भुइमा सुत्नु पर्ने  परिस्थिति रहेको अवस्थामा तानसेन  नगरपालिकामा वेड माग गरेको र नगर सरकारले बेड प्रदान गरेको धन्यवाद ज्ञापन गर्नु भयो  । हाल आश्रममा २२ जना वृद्ध वृद्धाहरूले आश्रय लिदै आएको बताउनुभयो । विभिन्न व्यक्तिहरूको सहयोग हातबाट सस्था सञ्चालन गरिएको बताउनुभयो । विभिन्न व्यक्तिहरूले विवाह वर्ष गाठ,जन्म दिन तथा पुन्य तिथिको अवसरमा भोजन दान,खाधान्न हस्तान्तरण गर्ने गरेको बताउनुभयो । सोहीबाट सस्थाको सञ्चालन गरिएको बताउनुभयो । 
आश्रममा अशक्त,वृद्ध वृद्धा तथा फरक क्षमता भएका व्यक्तिहरूले आश्रय लिदै आएकोले समय समयमा स्वास्थ्य परिक्षण गर्नु पर्ने हुदा  लुम्बिनी मेडिक कलेज,पाल्पा अस्पताल ,युनाईटेड मिसन अस्पतालले प्रत्येक ४/४ महिनामा आश्रमका वृद्ध वृद्धाको निशुल्क स्वास्थ्य परिक्षण गर्ने गरेको बताउनुभयो । कार्यक्रममा तानसेन वडा न १ का वडा सदस्य राम प्रसाद भट्टराई, फुटबल महासंघ एन्फा पाल्पा  जिल्ला अध्यक्ष प्रणय वीर जङ्ग राणा ,आश्रमकी सदस्य मन्जु रेग्मी,पत्रकार सन्तोष गहतराज लगाएतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा  निल सागर आश्रमका सदस्य प्रकाश ढंगोलले स्वागत र तानसेन वडा न ३ का वडा सदस्य पल्लव केसिको सञ्चालनमा सम्पन्न भएको थियो ।

निल सागर वृद्धा आश्रमलाई तानसेन नगरपालिकाको सहयोग

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif