मंगलवार, १४ मंसिर, २०७८

advertisement_1619539395.gif

नेपाली काङ्ग्रेस पाल्पाको १४ औ जिल्ला अधिवेशन मसिर १० गते हुने,तयारी पूरा

सन्ताेष गहतराज, मंगलवार, ७ मंसिर, २०७८

नेपाली काङ्ग्रेस पाल्पाको १४ औ जिल्ला अधिवेशन मसिर १० गते हुने,तयारी पूरा

पाल्पा- नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनको तयारी पुरा भएको पत्रकार भेटघाटमा पाटी जिल्ला सचिव झपेन्द्र गैरेले बताउनुभएको छ । जिल्लामा नेपाली काङ्ग्रेसको वडा अधिवेशन,जिल्ला अधिवेशन,क्षेत्रीय अधिवेशन,केन्द्रीय महाधिवेशन  सर्वसहमति र चुनावी प्रकृयाबाट सम्पन्न भइसकेको सन्दर्भमा काङ्ग्रेस पाल्पाले आगामी मंसिर १० गते तानसेन नगरपालिका हलमा  अधिवेशन गर्ने गरि तयारी पूरा भएको जनाएको छ । 

देशभरमा ९ हजार १ सय ५१ वडा प्रतिनिधिहरूको छनोट भएको वडा समितिले नेपाली काङ्ग्रेसको  ८ औँ तहको संरचनामा चुनावी प्रकृया गर्दै आएको छ । जिल्लामा १३ सय ८९ जना नेपाली काङ्ग्रेसका क्षेत्रीय प्रतिनिधिहरूले मतदान गर्ने छन । सबै वडा अधिवेशन,गाउँपालिका, क्षेत्रीय र केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको निर्वाचन गरिसकेको काङ्ग्रेस पाल्पाले १० स्थानीय तह  र सोही अन्तर्गतका ८१ वडामा १ वडामा महिला वडा सभापति,१ गाउँपालिकामा  महिला सभापति सहित  निर्वाचन सम्पन्न गरेको काङ्ग्रेस पाल्पाले जिल्ला अधिवेशनको तयारी पूरा भएको जनाएको छ ।   

अधिवेशनका लागि नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिले तानसेन नगरपालिका हल बुकिङ,स्वागत सत्कार ,खाधान्नको व्यवस्थापनको लागि विभाग छुट्याएर तयारीमा लागेको छ । 
मुल समितिको पाटी जिल्ला सभापति वीर बहादुर रानाको संयोजकत्वमा ९१ सदस्य मुल समिति गठन गरिएको र सो समिति अन्तर्गत अन्य उपसमिति गठन गरि तयारीका लागि जिम्मेवारी प्रदान गरिएको छ । जिल्ला अधिवेशनको लागि झण्डै  ५ लाख रकम खर्च हुने अनुमान आंकलन रहेको सचिव गैरेले बताउनुभयो । साथै आगामी दिनमा नेपाली काङ्ग्रेस पाल्पाले हरेक ३ महिनामा एक पटक पत्रकार भेटघाट गर्ने परिपाटी समेत विकास गर्ने योजनाका साथ अगाडि बढेको बताउनुभयो ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1618826299.JPG
advertisement_1636638799.JPG
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif