सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

नेपाल पत्रकार महासंघ पाल्पाको अध्यक्षमा राना

bhairab khabar, बिहीबार, २६ चैत्र, २०७७

नेपाल पत्रकार महासंघ पाल्पाको अध्यक्षमा राना

सन्तोष गहतराज
पाल्पा, नेपाल पत्रकार महासंघ पाल्पा शाखाको अध्यक्षमा रेखीराम राना चयन हुनु भएको छ । महासंघको २६ औं अधिवेशनका लागि बुधबार भएको मतदानमा प्रतिस्पर्धी कमलराज तिमिल्सिनालाई ३३ मतले पछि पार्दै राना निर्वाचित हुनु भएको हो ।

कुल खसेको ९२ मतमा रानाले ५९ मत, तिमिल्सिनाले २६ मत र अर्का अध्यक्षका प्रत्याशी, जीवलाल सुवेदीले ४ मत प्राप्त गर्नु भएको छ । सचिवमा प्रतिस्पर्धी कृष्ण कार्कीलाई १ मतले पछि पार्दै यज्ञमुर्ति तिमिल्सिना निर्वाचित हुनु भएको छ । तिमिल्सिनाले ४२, कार्कीले ४१ र अर्का प्रत्याशी भोजराज भट्टराईले ४ मत प्राप्त गर्नु भएको थियो । सह(सचिव खुल्लामा रिमा सोमै निर्वाचित हुनुभएको छ । सोमैले ४७ मत र प्रतिस्पर्धी नारायण न्यौपानेले ४१ मत प्राप्त गर्नु भएको थियो ।   खुल्ला तर्फको ४ जना सदस्य पदको लागि भएको निर्वाचनमा कृष्ण प्रसाद पोखरेल, भुवन रायमाझी, दुर्गेश मल्ल र सुनिल कार्की चयन भएको छ । पोखरेल सर्वाधिक ७५ मत सहित चयन हुनुभएको हो । विजयी उम्मेदवार रायमाझीले ४८, मल्लले ४१ र कार्कीले ४० मत प्राप्त गर्नु भएको छ । खुल्ला सदस्यका उम्मेद्वारहरु विष्णु प्रसाद घिमिरेले ३४, दयाराज न्यौपानेले ३४, सीता डोटेलले २९ र अमृत अधिकारीले २८ मत प्राप्त गर्नु भएको छ ।
यस्तै २ जना राष्ट्रिय परिषद् सदस्यको लागि भएको निर्वाचनमा भगवान भण्डारी ६६ र देव बहादुर पचभैया ६० मत सहित चयन हुनु भएको छ । प्रतिस्पर्धी केशवराज नेपालले ४१ मत प्राप्त गरेको छ । निर्वाचन समितिका सदस्य भरत आचार्यले जानकारी दिनुभएको थियो ।

उपाध्यक्षमा भरत शर्मा, महिला उपाध्यक्षमा सिर्जना घिमिरे, कोषाध्यक्षमा मुक्ति न्यौपाने,सहसचिव समावेशीमा कृष्ण दर्नाल, सदस्यमा समावेशी तर्फ जनजाति सदस्यमा अनिल लिगल, दलित सदस्यमा विजय बौडेल, अल्पसंख्यकमा रन बहादुर कुमाल निर्विरोध चयन भैसकेको छ । यस्तै प्रदेश परिषद् सदस्यमा नरभुपाल वि।क ९मिलन० र सुकुम नेपाली निर्विरोध चयन भएको छ । यस्तै राष्ट्रिय परिषद् सदस्यमा गीता ज्ञवाली पनि निर्विरोध चयन भैसक्नु भएको छ ।

पाल्पा बाट केन्द्रीय समितिको लागि अध्यक्षमा विपुल पोखरेललाई ४१ मत, निर्मला शर्मालाई ४७ मत र गजेन्द्र बुढाथोकीलाई १ मत खसेको छ । लुम्बिनी प्रदेश तर्फ अध्यक्षमा भरत केसीलाई ४५ र वसन्त गिरीलाई ३८ मत प्राप्त गर्नु भएको छ । 

नेपाल पत्रकार महासंघ पाल्पाको अध्यक्षमा राना

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif