चुरामणी तिमिल्सिना, शुक्रबार, १ श्रावण, २०७८
गुल्मी -नेपाल सरकारका पुर्ब मुख्य सचीव लीलामणि पौडेल स्वास्थ सामाग्री लियर आफ्नो गृह जिल्ला गुल्मीमा बिहिबार आइपुग्नु भएको छ । कोरोना भाइरसले ग्रसित भएको आफ्नो जिल्लामा माक्स, अक्सिजन कन्सिटेटर लगायतका समाग्री जिल्लाका सबै स्थानिय तहका स्वास्थ सस्थाहरुमा आफू स्वयम पुगेर हस्तान्तरण गर्ने कार्यक्रम रहेको हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी लिलामणि पौडेलले जानकारी दिनुभयो । वितरण गर्दै प्रमुख अतिथी पौडेलले कोरोना बाट वच्न मुख्य रुपमा माक्स सेनेटाइजर प्रयोग गर्ने साबुन पानीले हात धुने र भिड भाडमा नगयमा कोरना बाट वच्न सकिने बताउदै आगामी समयमा थप यस प्राथमिक स्वास्थ केन्द्रलाई स्वास्थ सामाग्री उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो। रुरु प्राथमिक स्वास्थ केन्द्रमा भएको औपचारिक कार्यक्रममा वडा न १ का वडा अध्यक्ष तथा व्यवस्थापन समितिका अध्यक्ष रामलाल बि क सामाजिक बिकास मन्त्रालयका पुर्ब सोकिय सचिब यदु ज्ञवाली ,सामाजिक अभियनता नारायण पौडेल ,ईलाका प्रहरी कार्यलय रिडीका प्रहरी निरीक्षक शुभ राज बम पर्सुराम भट्टराई , समितिका उपाध्यक्ष चन्द्रलाल कसजु, सदस्य जीवन कुमार कसजु, रुरुका युवाहरु लगायतको सहभागीता रहेको थियो। कार्यक्रममा स्वस्थ कार्यलयका डा बिकास पन्थिले स्वास्थ सस्थाले गरेका गतिबिधी प्रस्तुत गर्दै स्वागत गर्नुभएको थियो।कार्यक्रमको सहजीकरण मनोज गिरिले गर्नु भएको थियोे ।