बुधबार, १९ आश्विन, २०७९

advertisement_1659249309.gif

नारायण युवा क्लब तानसेन पाल्पा आयोजनामा खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरू

सन्‍तोष गहतराज, शुक्रबार, १७ भाद्र, २०७९

नारायण युवा क्लब तानसेन पाल्पा आयोजनामा खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरू

पाल्पा-नारायण युवा क्लब तानसेन पाल्पाको आयोजनामा खुल्ला ब्याडमिन्टन प्रतियोगिता  शुरू भएको छ । क्लबको रजत जयन्तीको अवसरमा आयोजित प्रतियोगिता १७ र १८ गते गरि दुई दिन सञ्चालन हुनेछ । 

प्रतियोगितामा भागी लिई प्रथम हुनेले नगद रूपैयाँ  १० हजार,सिल्ड,प्रमाणपत्र प्राप्त गर्नेछन । द्वितीयले ७ हजार,तृतीयले ३ हजार र सानत्वना हुनेले  ३ हजार नगद,सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने नारायण युवा क्लबका अध्यक्ष किशोर दर्शन बज्राचार्यले जानकारी दिनुभयो । 

प्रतियोगिता नारायण स्थानको फुलबारीको कबड हलमा सञ्चालन भएको  छ । रजत जयन्ती पश्चात् क्लबले  वडा स्तरीय रनिङ शिल प्रतियोगिता सञ्चालन गर्ने अध्यक्ष बज्राचार्यले बताउनुभयो ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले स्थानीय स्तरमा आयोजना हुने यस्ता खेलले खेलाडीहरूको पहिचान एवम उत्पादन गर्न टेवा पुर्याउने बताउनुभयो । खेलकुदले शारीरिक स्वाच्छनता कायम गर्न मधत गर्ने र साथीभाइबिच भाइचारको सम्बन्ध कायम गर्न समेत सहयोग पुर्याउने बताउनुभयो । खेलले माानिसलाई निश्चित परिधिभित्र रहि अनुसाशित एवम  मर्यादित बनाउन सहयोग पुर्याउने भएकोले  आगामी दिनमा क्लबले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिनुभयो ।


वि स  २०५४ सालमा स्थानीय युवाहरू फुटबल खेल खेल्नका लागि स्थापित क्लबले खेलकुदको साथसाथै  युवाहरूलाई सामाजिक उत्तरदायित्वको भावना स्वरूप सामाजिक क्षेत्रमा उप्रेरित गर्दै आफ्ना कार्यक्रमलाई केन्द्रीत गर्दै आएको क्लबका सस्थापक अध्यक्ष हिमाल दत्त श्रेष्ठले बताउनुभयो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थ,पाल्पा ब्याडमिन्टन संघका अध्यक्ष वसन्त बज्राचार्य,तानसेन वडा न २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठ,क्लबका सल्लाहकार बरूण रेग्मी,युवराज पौडेल,सकुन्तला बज्राचार्य लगाएत क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन क्लबका सचिव विनायक महर्जनको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif