भैरब खबर डटकम संवाददाता, शनिबार, १४ श्रावण, २०७९
पाल्पा- जिल्लाकाे सामाजिक कार्यमा सकृय रहेको सस्था नारायण युवा क्लब तानसेन पाल्पाले क्लबकाे रजत जयन्तीकाे उपलक्ष्यमा सप्ताहाव्यापी कार्यक्रम शुभारम्भ गरेको छ । क्लबले सप्ताहाव्यापी कार्यक्रमकाे पहिलो दिन अमर नारायण मन्दिर परिसरमा बृहत् सरसफाइ गरेको छ ।
क्लबले जिल्लामा सुरक्षा निकाय,वडाका टाेल विकास सस्थाहरूकाे मातहतमा अमर नारायण मन्दिर परिसर सरसफाइ गरेको हाे ।
कार्यक्रमकाे शुभारम्भ गर्दै तानसेन नगर सरकारका उपप्रमुख प्रतिक्षा गाहा सिङ्जालीले सामाजिक क्षेत्रमा कार्य गर्न स्थापित सस्थाले युवाहरूलाई संगठित गरि सामाजिक उत्तरदायित्वकाे भावना स्वरूप कार्य गर्न सफल भएको बताउनुभयो । क्लबले रजत जयन्तीकाे अवसरमा सप्ताहव्यापी कार्यक्रम अायाेजना गरेकोमा कार्यक्रमकाे पुर्ण सफलताकाे शुभकामना व्यक्त गर्नुभयाे । अागामी दिनमा सामाजिक क्षेत्रमा उल्लेखनीय याेगदान पुर्याउने गरि सामाजिक कार्यमा अगाडि बढ्न अार्गह गर्दै क्लबसँग नगर सरकारले सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थ,नेपाली काङ्ग्रेसका पाल्पाका पाटी सभापति एवम सस्थापक अध्यक्ष हिमाल दत्त श्रेष्ठ,तानसेन वडा न २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठ,सुरक्षा निकायका प्रमुख एवम प्रतिनिधि,स्थानीय समाजसेवी,बृद्विजिवि,टाेल विकास सस्थाका प्रमुखहरूकाे उपस्थिति रहेको थियाे ।
कार्यक्रम सस्थाका अध्यक्ष किशाेर दर्सन बज्राचार्यकाे अध्यक्षता र सचिव विनायक महर्जनकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।