भैरब खबर डटकम संवाददाता, मंगलवार, २७ बैशाख, २०७९
पाल्पा- बैशाख ३० गते स्थानीय तहकाे निर्वाचन हुदै छ । स्थानीय तहकाे निर्वाचन नजिकिए सँगै उम्मेदवारहरू कार्यकर्ता आफ्नाे पक्षमा पार्न कसरत गरिरहेका छन । त्यसै सँगै उम्मेदवारहरू घरदैलो तथा काेणसभालाई तिव्रता दिएका छन । पाल्पा सन्दर्भमा एक पट्टी ५ दलित गठबन्धन चुनावी मैदान छन भने अर्काे तर्फबाट नेकपा एमाले गठबन्धनसँग चुनावी मैदानमा उत्रिएको छ ।
स्थानीय तहकाे निर्वाचनकाे संघारमै जिल्लाकाे निस्दी गाउँपालिका वडा न ७ ज्यामिरेमा दुई दर्जन नेता तथा कार्यकर्ता अन्य पाटी परित्यात गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन । नेकपा एमालेकाे किल्ला भनेर चिनिने निस्दीमा पछिल्लो समयमा नेपाली काङ्ग्रेसमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताकाे लहर बढेको हाे ।
नेता तथा कार्यकर्तालाई नेपाली काङ्ग्रेसका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठ,नेपाली पाल्पाका पुर्व जिल्ला काेषाध्यक्ष शंकर खनाल,नेपाली काङ्ग्रेस ज्यामिरेका वडा अध्यक्ष उम्मेदवार माेहन राक्सेले स्वागत गरेका हुन ।
पाटी प्रवेश गरेका नेता तथा कार्यकर्ताले नेपाली काङ्ग्रेसकाे विचार र सिद्धान्त राम्रो लागेर अन्य पाटी परित्याग गरि काङ्ग्रेसमा प्रवेश गरेको बताए ।
नेता तथा कार्यकर्तालाई स्वागत गर्दै सभापति श्रेष्ठले नव प्रवेशीहरूलाई उचित स्थान मुल्यांकन गरि जिम्मेवारी प्रदान गर्ने बताउनुभयो ।