सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

निशुल्क खाना र स्वास्थ्य सामाग्री सहित एस आर डिसी पाल्पा रैनादेबी छहरा गाउँपालिकामा पुग्‍यो

भैरव खबर संवाददाता, शुक्रबार, १४ जेष्ठ, २०७८

निशुल्क खाना र स्वास्थ्य सामाग्री सहित एस आर डिसी पाल्पा रैनादेबी छहरा गाउँपालिकामा पुग्‍यो

सन्ताेष गहतराज, पाल्पा-निशुल्क खाना र स्वास्थ्य सामाग्री सहित एस आर डि सी पाल्पा जिल्लाकाे रैनादेवी छहरा गाउँपालिकामा पुगेको छ । सस्थाले पालिका भित्र रहेका कोरोना संक्रमित भई कोभिड अस्पतालमा भर्ना भएका बिरामीका लागी निशुल्क खाना सहित बिभिन्न स्वास्थ्य सामाग्री सहयोग गर्ने हेतुले रैनादेबी छहरा पुगेको  हाे ।

रैनादेवी छहराको भुवनपोखरी,र सिद्देश्वरका विपन्न तथा दैनिक ज्याला गरेर गुजारा गर्ने परिवारसम्म पुगेर राहतका साथै स्वास्थ्य सामाग्री बितरण गरेको सामाजिक स्रोत विकास केन्द्र नेपालका कार्यकारी निर्देशक चाेपलाल गिरीले जानकारी दिनु भयो । गिरिका अनुसार गाउँपालिकाका दुई वटा वडामा रहेका संक्रमित विपन्न परिवारमा खाद्यान्न सहयोग, पल्स अक्सिमिटर, सेनिटाइजर, मास्क, साबुन लगायतका सामाग्री बितरण गरेको उनका अनुसार कतिपय परिवारले खाद्यान्न भएन र भोकै बस्नुपर्ने भन्ने सूचनाको आधारमा सम्बन्धित वडाको जनप्रतिनिधिको समन्वयमा बितरण गरिएको बताउनु भयो।

रैनादेवी छहरा गाउँपालिका अन्तर्गतको कोभिड अस्पतालका लागि पिपिई सेट २०,ग्लोब्स १० प्याकेट,फेस सिल्ड सय,सेनिटाइजर १० लिटर,मास्क ३० प्याकेट, अक्सिमिटर १० वटा, मेडिकल बेड २ थान, सेनेटरी प्याडक १ सय २० प्याकेट सहयोग गरेको छ । त्यस्तै भुवनपोखरी र सिद्देश्वरका लागि २ सय प्याक कोभिड १९ सुरक्षा प्याक प्रदान गरिएको छ ।२ सय प्याक सुरक्षा प्याकमा मास्क, फेससिल्ड,सेनिटाइजर,थर्ममिटर, अक्सिमिटर,सेनेटरी प्याडक,साबुन टाबेल लगायतका सामग्री रहेको छ। भुवनपोखरीका लागि सय प्याक सुरक्षा सामाग्री रहेको छ ।सामाजिक स्रोत विकास केन्द्र नेपालका कार्यकारी निर्देशक गिरीका अनुसार सुरक्षा प्याकभित्र मास्क,अक्सिमिटर,सेनिटाइजर,टावेल,साबुन,सेनेटरी प्याड लगायतका सामाग्री रहेको छ। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर क्षेत्रीले गाउँपालिकाले संचालन गरेको कोभिड अस्पताल र दुई वडाका लागि आएको सामाग्रीले ठूलो राहत पुग्ने बताउदै सस्थाले दुखमा गरेको सहयोग गाउँपालिकाले कहिले नभुल्ने भन्दै धन्यबाद समेत दिनु भयो । कोभिड संक्रमण रोकथामका लागि गाउँपालिका भित्रका नागरिकले ५ लाख ७४ हजार बराबरको सामाग्री सहयोग गरेकोमा गाउँपालिकका प्रवक्ता विष्णु प्रसाद पोखरेलले धन्यवाद दिदै यो सहयोगले गाउँपालिकाका नागरिकका लागि कोरोनासँग लड्न थप बल पुग्ने बताउनु भयो ।

भुवनपोखरीका वडाध्यक्ष लालबहादुर दर्लामीले संक्रमितको परिवारसम्म स्वास्थ्य सामाग्री लगेर दिन पाउँदा स्वास्थ्यकर्मी र जनप्रतिनिधिका लागिसमेत ठूलो राहत पुगेको बताउनु भयो । सिद्देश्वरका वडाध्यक्ष सोमबहादुर दर्लामीले स्वास्थ्य सामाग्रीको किट लिएर पुग्दा नागरिकमा आत्मवल पुग्ने र यसबाट कोरोना नियन्त्रणमा थप बल पुग्ने बताउनु भयो।
सस्थाले बगनासकाली गाउँपालिकाको चिर्तुङधारा,पोखराथोकका विपन्न तथा कुमाल समुदायमा पुगेर पनि स्वास्थ्य सामाग्रीका साथै राहत बितरण गरेको सस्थाले जनाएको छ ।सस्थाले काेराेनाकाे कहरका बाबजुध मिसन अस्पतालमा बिरामीहरूलाई निशुल्क खाना वितरण हेफर सँगकाे सहकार्यमा बाख्रा वितरण लगाएतका कामहरू सञ्चालन गरेको छ ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif