मंगलवार, ३१ श्रावण, २०७९

advertisement_1659249309.gif

नवलपरासीमा सशस्त्र प्रहरीद्वारा २ लाख बराबरकाे माेबाईलकाे टेम्पर ग्लास नियन्त्रणमा

नन्‍दु यादव, सोमबार, १३ असार, २०७९

नवलपरासीमा सशस्त्र प्रहरीद्वारा २ लाख बराबरकाे माेबाईलकाे टेम्पर ग्लास नियन्त्रणमा

नवलपरासीमा सिमा क्षेत्रबाट अबैधरुपमा ल्याईरहेका सामानहरु सशस्त्र प्रहरी बल नवलपरासीले धमाधम नियन्त्रण मा लिन थालेकाे छ । सशस्त्र प्रहरी बल नवलपरासीले निकै कडारुपमा निगरानी बढाएपछि नवलपरासीमा तस्करीमा कमि अाएकाे स्राेत बताएकाे छ ।


सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर नवलपरासी पश्चिमका गणपति सशस्त्र प्रहरी उपरीक्षक रुपनारायण क्षेत्री ले जिल्ला कमान्ड सम्हाले पछि जिल्लामा शान्ति सुरक्षा, सीमा सुरक्षा, सीमा अपराध,  विपत व्यवस्थापन तथा अवैध मालसामान नियन्त्रण जस्ता विषयहरुलाई प्राथमिकतामा राखी कार्य सम्पादन गर्दै आउनु भएकाे छ । यसै  गरि सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा.पश्चिम नवलपरासी अन्तर्गत रहेकाे सशस्त्र प्रहरी बल नेपाल बिअाेपि हरपुरले पाल्हिनन्दन गाउँपालिका २ मुडेरा स्थित भारतबाट अबैध रुपमा भन्सार चोरी निकासी तथा पैठारी गरी ल्याउँदै गरेको अवस्थामा रु.२,०४,०००।- (दुई लाख चार हजार) बराबरको २४०० पिस मोवाईलको टेम्पर ग्लास सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि.हरपुरबाट सप्रनि हरेराम शर्मा दाहालको कमाण्डमा खटिएको मोवाईल गस्ति टोलीले बरामद गरी आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाईएकाे  सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर नवलपरासी सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक राेशन घिमिरे ले जानकारी दिनु भयो ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif