मंगलवार, ३१ श्रावण, २०७९

advertisement_1659249309.gif

पाल्पाको पुर्वखोला गाउँपालिका पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा

भैरब खबर डटकम संवाददाता, सोमबार, १३ असार, २०७९

पाल्पाको पुर्वखोला गाउँपालिका पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा

पाल्पा-जिल्लाको पुर्वखोला गाउँपालिका पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा भएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख टंक नाथ खनाल,जिल्ला समन्वय समितिका उप प्रमुख काशिका गैरेले पुर्वखोलाले गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गर्नु भएको हो । 

नेपाल संविधान २०७२ बमोजिमको संघिय संरचना अनुसार साविकका सिलुवा,जल्पा,रिङ्नेरह,देवीनगर,बीरकोट र हेक्लाङ्ग गरि ६ वटा गाविसहरू मिलेर बनेको पुर्वखोला गाउँपालिकामा हाल गाउँपालिका भित्रका ६ वटा वडा रहेको छन । पहिलो चरणमा पालिकाका सबै वडाहरूलाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको थियो । हाल सोही तथ्यांक र इन्टिकेटरहरूको आधारमा पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिनुभयो । पुर्वखोला गाउँपालिकाभित्र ६ वटा स्वास्थ्य चौकी र ५ वटा सामुदायिक स्वास्थ्य ईकाइ रहेका छन । गाउँपालिकाको स्वास्थ्य शाखाले दिगोपना र पुर्ण खोप सुनिश्चितताका लागि हरेक बर्ष चैत महिनामा नियमित खोपको घरभेट सर्वेक्षण लाइन लिस्टिङ्ग गरि उमेर अनुसार खोप पाए नपाएको एकिन गरि खोप लगाउन छुटेको पाइएमा बैशाख महिनामा खोप दिने प्रकृया अनुरूप खोप दिने व्यवस्था गरिएको हुन्छ । सोही निरन्तरता प्रकृया अनुरूप पुर्वखोला गाउँपालिकाका ६ वटै वडाहरूलाई पुर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको र सबै सर्तहरू पूरा गरि गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो ।

गाउँपालिकामा  १२ बर्ष भन्दा माथि उमेरका कोभिड विरूद्वको खोप लगाएका नागरिकहरूको सख्या १२ हजार १ सय २ जनाले पुर्ण मात्रामा खोप लगाएको पालिकाले सर्वेक्षण गरेको तथ्यांक रहेको छ । सोही तथ्यांकमा आधारमा पालिकाका करिब ९९।८० प्रतिशत कोभिड विरूद्वको खोप पालिका घोषणाका लागि जिल्ला समन्वय समिति समक्ष पेस गरिएको र  स्वीकृत भइ घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख ढकालले बताउनुभयो । 

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले पुर्वखोला गाउँपालिकाले पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणाका लागि आवश्यक तथ्यहरू पेस भएको र सोही तथ्यका आधारमा घोषणा गरिएको बताउनुभयो । विश्वमा महामारीको रूपमा फैलिएको कोरोनाका कारण धेरै नागरिकहरूको मृत्युु भएको परिस्थितिमा कोभिड रोकथामको उत्तम विकल्प नै कोविड विरूद्वको खोप उत्तम विकल्प रहेको परिस्थितिमा हाल पुर्वखोला गाउँपालिकाले पालिकाका नागरिकहरूलाई पुर्ण खोप प्रदान गरि पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गर्न सफल भएकोमा खुशी व्यक्त गर्नु भयो । 

कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख काशिका गैरेले पुर्वखोला गाउँपालिकाले पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा हुन सफल भएकोमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन आउने गरि स्वास्थ्य क्षेत्र केन्द्रीत गरि कार्यक्रम अगाडि बढाउने आर्गह गर्नुभयो

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भाथिरथी भट्टराई, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर शारू,डा राजेन्द्र कुमार गिरी,वडा न १ का वडा अध्यक्ष गिरिमान आले,वडा न २ का वडा अध्यक्ष नीर बहादुर शारू,वडा न ३ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराई,वडा न ४ का वडा अध्यक्ष मेहर सिं थापा,वडा न ५ का वडा अध्यक्ष बिष्णु कुमार पटिल,वडा न ६ का वडा अध्यक्ष धन बहादुर घर्ती,कार्यपालिका सदस्यहरू,गाउँपालिकाका विभिन्न शाखाका शाखा प्रमुख ,स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रम गाउँपालिका अध्यक्ष नुन बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

पाल्पाको पुर्वखोला गाउँपालिका पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif