शनिबार, १८ असार, २०७९

पाल्पाको रानीमहल नजिकै कालीगण्डकी नदीमा र्‍याफि्टङ डुङ्गाबाट खसेर बेपत्ता भएका सात जना भारतीय पर्यटककाे सकुशल उद्धार

भैरब खबर डटकम संवाददाता, बिहीबार, २ असार, २०७९

पाल्पाको रानीमहल नजिकै कालीगण्डकी नदीमा र्‍याफि्टङ डुङ्गाबाट खसेर बेपत्ता भएका सात जना भारतीय पर्यटककाे सकुशल उद्धार

पाल्‍पा- पाल्पाको रानीमहल नजिकै र्‍याफि्टङ डुङ्गाबाट खसेका ७ जना भारतीय पर्यटकको शकुसल उद्घार गरिएको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले सबैको शकुसल उद्दार गरिएको बताए ।

“अहिले पानी परेर नदीमा बाढी आएको छ । यस्तोमा हामीले र्‍याफि्टङ नगर्न चेतावनी दिएका थियौ ।” प्रजिअ पन्तले भने “भारतीय पर्यटकको आग्रह अनुसार र्‍याफि्टङ गर्दा दुर्घटना भयो । तर समयमै सबैको शकुसल उद्दार भएको छ ।” नदीमा खसेकालाई डुङ्गा चालक, स्थानियहरुको सहयोगमा ५ सय मिटर देखी १ किलोमिटर सम्म पुगेकालाई उद्घार गरिएको उनले बताए ।

रानीमहल क्षेत्रमा रानीमहल तेजकुमारी बिच क्याम्पबाट डुंगा सञ्चालन भएको थियो । प्रमुख जिल्ला अधिकारी पन्तका अनुसार उक्त डुंगामा ७ जना रहेकोमा डुंगा चालकले एक जनालाई तत्काल उद्धार गरेको र बाकी ६ जनाको पनि कालीगण्डकी स्थानिय र डुङ्गा चालकको सहयोगमा उद्दार गरिएको थियो ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1637589959.JPG
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1650789033.gif