सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

पाल्पाका संयुक्त विद्यार्थी संगठनले वर्तमान परिस्थितिको बारेमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण

सन्ताेष गहतराज, मंगलवार, ५ श्रावण, २०७८

पाल्पाका संयुक्त विद्यार्थी संगठनले वर्तमान परिस्थितिको बारेमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण

पाल्पा -जिल्लाका संयुक्त विद्यार्थी संगठनले वर्तमान परिस्थितिको बारेमा पाल्पा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेलाई ध्यानाकर्षण गराएका छन । जिल्लाका नेपाल विद्यार्थी संघ,अखिल क्रान्तिकारी,अनेरास्ववियु लगाएतले  सम्युक्त रूपमा ध्यानाकर्षण गराएका हुन । विश्वमा माहामारीको रूपमा फैलिएको कोरोना भाइरस कोविड १९ जोखिम यथावत रहदा रहै पनि परीक्षा सञ्चालन गर्न लागिएको परिस्थितिमा  विद्यार्थी शिक्षकलाई कोभिड विरुद्धको भ्याक्सिनको लगाउनु पर्ने,बढ्दो महँगी,पेट्रोलियम पदार्थको मुल्य वृद्धि ,यातायातमा भाडादर वृद्धि , कालोबजारी विरुद्ध जिल्ला प्रशासन अधिकारीलाई ध्यानाकर्षण गराएका हुन । 


कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य तथा त्रिभुवन बहुमुखी क्यापसका स्वयु सभापति हरिबोल भट्टराईले बिशेष गरि विश्वमा महामारीको रूपमा फैलिएको कोरोनाका कारण दैनिक संक्रमित हुने मानिसहरूको सख्या वृद्धि भइरहेको बेला परीक्षा तालिका सार्वजनिक गरि परीक्षामा विद्यार्थीलाई सहभागी गराउने निर्णय गरेकोले विद्यार्थीहरू कोरोना संक्रमण जोखिम मोल्दै परीक्षा दिन भन्दा पहिला शिक्षक र विद्यार्थीहरूलाई खोप लगाई परिक्षामा सहभागी गराउनु पर्ने बताउनुभयो । 
कार्यक्रम अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष पदम सोमैले विद्यार्थीहरूलाई परिक्षामा सहभागी बनाउनु अघि शिक्षक र विद्यार्थीहरूलाई खोप लगाउनु पर्ने कुरामा जोड दिदै पछिल्लो समयमा महँगी,पेट्रोलियम पदार्थको मुल्य वृद्धि ,यातायातमा भाडादर वृद्धि , कालोबजारी विरुद्ध ध्यानाकर्षण गराउनु भएको थियो । साथै मागहरू पूरा नभए आफुहरू जस्तो सुकै परिस्थिति सँग जुध्न पनि पछाडि नपर्ने बताउनुभयो  । कार्यक्रममा विद्यार्थी नेताहरू तारा बहादुर रायमाझी ,किरण दर्लामी, लोटस आचार्य, उमेश भण्डारी लगाएतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif