सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

पाल्पामा कोरोना संंक्रमितहरुको सख्यामा बढदो,बिहिबार एकै दिन थपिए १ सय २५ संक्रमित

bhairab khabar, बिहीबार, २३ बैशाख, २०७८

पाल्पामा कोरोना संंक्रमितहरुको सख्यामा बढदो,बिहिबार एकै दिन थपिए १ सय २५ संक्रमित

पाल्पा-पाल्पामा कोरोना संक्रमितहरुको सख्यादैनिक सय भन्दा बढी देखिन थालेको छ ।  पाल्पामा बिहिबार थप १ सय २५ जनामा कोरोना सङक्रमण पुष्टी भएको छ । पिसिआर परीक्षणबाट ७९ जना र एन्टिजेन परीक्षेणबाट ४६ जना गरि कुल १ सय २५ जना सङक्रमित थपिएको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओम प्रकास पन्थीले जानकारी दिनु भयो । 


त्यस्तै पाल्पामा थप एक जना कोरोना सङ्क्रमित महिलाको ज्यान गएको छ । माथागढी–३, सराईमा डेरा गरी बस्ने स्याङ्जाका २५ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको हो ।

तीन दिनअघि कोरोना सङ्क्रमण पुष्टि भएका ती महिलाको बुधबारसम्म लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भएको थियो ।

मृतक महिला बुधबार साँझ सराईस्थित डेरामा फर्किएपछि बिहीबार बिहानदेखि स्वास प्रश्वासमा समस्या आएको पारिवारिक स्रोतले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि पुन अस्पताल ल्याइए पनि अस्पतालले मृत घोषणा गरेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो ।

बुधबार नयाँ थपिने संक्रमितहरु मध्येमा सबैभन्दा धेरै तानसेन नगरपालिकाका ७४ जना रहेका छन् ।
 

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif