सन्तोष गहतराज, मंगलवार, १० जेष्ठ, २०७९
पाल्पा- पाल्पा जिल्लाकाे सदरमुकाम तानसेन लगाएत जिल्लामा यतिबेला विधुत अवरुद्ध भइरहेको परिस्थिति र हाल जनगुनासाे बढे सँगै तानसेन नगरपालिकाका नवनिर्वाचित मेयर सन्ताेष लाल श्रेष्ठले पाल्पा वितरण केन्द्रमा साेधबुझका लागि पुग्नु भएको छ । साेधबुझका लागि मेयर सन्ताेष लाल श्रेष्ठ,उपमेयर प्रतिक्षा सिङ्जाली,नेपाली काङ्ग्रेस तानसेन नगरकमिटिका सभापति सुवर्ण मुनि शाक्य,तानसेन वडा न ४ का नवनिर्वाचित वडा अध्यक्ष हेमन्त राज शाक्य,तानसेन वडा न १ का वडा अध्यक्ष सुनिल कुमार बस्याल लगाएतले जिल्लामा दैनिक रूपमा पटकपटक विधुत अवरुद्धकाे बारेमा गुनासो राख्नु भएको थियाे ।
साथै नवनिर्वाचित वडा अध्यक्षहरूले वडामा विधुतमा देखा परेका समस्याहरूका बारेमा जानकारी दिदै समाधानकाे लागि वितरण केन्द्रलाई आर्गह गर्नुभएको थियाे ।
गुनासो सम्बाेधन गर्दै पाल्पा वितरणका केन्द्र प्रमुख ई- विवेक अधिकारीले हावाहुरीका र बर्षातका कारण विधुतमा समस्या सिर्जित भएको बताउनुभयो । विगत ३ दिन अघिकाे हावा हुरि र वर्षातका कारण बुटवल पाल्पाकाे मेन लाईन डुम्रे नजिकै अवरुद्ध हुदा विधुत आपुर्तिमा समस्या सिर्जित भएको बताउनुभयो । अवरुद्ध विधुतकाे आपुर्तिका लागि बैकल्पिक विधुत आधिखाेला र रूप्से सवस्टेसनबाट विधुत आपुर्ति गर्ने क्रममा विधुत पटकपटक अवरुद्ध भएको बताउनुभयो । अझै पाल्पाका केही स्थानमा विधुत अवरूद्व रहेकोले विधुतकाे मर्मत सम्भार गर्ने कार्य भइरहेको बताउनुभयो । जनप्रतिनिधिहरूकाे गुनासोलाई सम्बाेधन गर्दै ई- अधिकारीले विधुतकाे समस्या समधान गर्न कदम अगाडि बढाउने बताउनुभयो ।