भैरब खबर डटकम, बिहीबार, ३ असार, २०७८
पाल्पा/असार २- पाल्पामा बुधबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एनटिजीन परीक्षणका क्रममा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
बुधवार रामपुरका ११, रम्भा १, बगनासकालीका ८, तिनाउँका १७ जना गरी १६ महिला र २१ जना पुरुषमामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । मंगलबार २९ जना संक्रमित निको भएका छन् । उनीहरु मध्ये १४ महिला र १५ पुरुष रहेका छन् ।
उहाँका अनुसार पाल्पामा हालसम्म ७०८ जना होम आइसोलेसनमा रहेका छन् भने ४७ जना अस्पतालमा उपचाररत छन् । यसैबीच पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय पुगेको छ ।