सन्तोष गहतराज, सोमबार, ९ श्रावण, २०७९
पाल्पा-जिल्लाको तानसेन नगरपालिका वडा न २ स्थित मेहलधाराको सिवि आर कार्यक्रम अन्तर्गत फरक क्षमता भएका विद्यार्थीहरूलाई अध्यापन गराउदै आएको सस्था डे केयर सेन्टरलाई बौद्व महिला सेवा समितिका उपाध्यक्ष कृष्णकली बज्राचार्यले आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको छ । एक औपचारिक कार्यक्रमका बिच बौद्व महिला सेवा समिति उपाध्यक्ष बज्राचार्यले २० हजार रकम हस्तान्तरण गर्नु भएको हो । डे केयर सेन्टरमा हाल १५ जना बालबालिकाहरूले अध्ययन गर्दै आएका छन । शारीरिक रूपमा फरक क्षमता भएका अर्थात मस्तिष्क पक्षघात भएका विद्यार्थीहरूलाई निशुल्क रूपमा अध्यापन एवम शारीरिक अभ्यासको समेत सस्थाले गराउदै आएको छ ।
सस्थाको बारेमा जानकारी गराउदै पाल्पा सिवि आर कार्यक्रमका प्रमुख कृष्ण गहतराजले २०५२ सालमा देखि सस्थाले अपांगता भएका व्यक्तिहरूको क्षेत्रमा कार्य गर्दै आएको बताउनुभयो । सस्थाले फरक क्षमता भएका बालबालिकाहरूलाई होम भिजिटको माध्यमबाट सेवा प्रदान गर्दै आएता पनि हाल स्कुलमा आउन सक्ने विद्यार्थीलाई विधालय मार्फत र आउन नसक्ने बालबालिकालाई होम भिजिट मार्फत सेवा प्रदान गरेको बताउनुभयो । विभिन्न समस्या र जटिलताका बाबजुद हाल विद्यालय सञ्चालन गर्न सफल भएको बताउनुभयो । फरक क्षमता भएका विद्यार्थीहरू तानसेन सदरमुकाम लगाएत जिल्ला धेरै रहेता पनि सस्थामा सवारीसाधनको अभावका कारण विद्यालय सम्म ल्याउन लैजान समस्या रहेको बताउनुभयो । विभिन्न व्यक्तिहरूले जन्मोउत्सव,पुण्यतिथि,विभिन्न अवसरहरूमा सहयोग हस्तान्तरण गर्ने र सोही सहयोगले सस्थाको सञ्चालन गरेको बताउनुभयो । सस्थाले विद्यार्थीहरूलाई नियमित खाजा नास्ताको व्यवस्था सहित निशुल्क रूपमा अध्यापन गराउदै आएको छ प्रमुख गहतराजले बताउनुभयो । साथै रकम हस्तान्तरण गर्नुभएकोमा समाजसेवी बज्राचार्य धन्यवाद ज्ञापन गर्नुभयो ।
रकम हस्तान्तरण गर्दै बौद्व महिला सेवा समितिका उपाध्यक्ष एवम समाजसेवी बज्राचार्यले सामाजिक भावनाका साथ विद्यार्थीहरूको शैक्षिक गुणस्तरमा टेवा पुर्याउने उधेश्यले अक्षयकोष स्थापना गरेको बताउनुभयो ।प्रत्येक व्यक्तिको सानो सहयोगले विद्यार्थीहरूको शैक्षिक ज्ञानमा वृद्धि गर्न थप टेवा पुग्ने हुदा सहयोग भावनाका साथ रकम हस्तान्तरण गरेको बताउनुभयो । साथै आगामी दिनमा विद्यार्थीहरूको शैक्षिक ज्ञान वृद्धि गर्न निरन्तर सहयोग गर्ने बताउनुभयो ।