सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

पुर्वखोला गाउँपालिकामा प्रथम पूर्वखोला अध्यक्ष कप भव्यताका साथ सम्पन्न

bhairab khabar, सोमबार, ३० चैत्र, २०७७

पुर्वखोला गाउँपालिकामा प्रथम पूर्वखोला अध्यक्ष कप भव्यताका साथ सम्पन्न

पाल्पा 
जिल्लाको पुर्वखोला गाउँपालिकामा प्रथम पूर्वखोला अध्यक्ष कप पाल्पाको रिङ्नेरहमा सम्पन्न भएको छ ।
पूर्वखोला गाउँपालिकाको आर्थिक सहयोगमा युवा तथा खेलकुद विकास समिती पूर्वखोला,पाल्पाको व्यवस्थापनमा आयोजित अध्यक्ष कप अन्तरगत वडा स्तरिय भलिबल तथा ब्याडमिन्टन प्रतियोगिता भएको हो । समापन तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथी पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले खेलकुदले आपसी सद्भाव,माया,ममता बढाउने भन्दै यस्ता प्रतियोगितात्मक खेल कार्यक्रम हुनु अत्यन्त राम्रो भएको बताउनुभयो । “खेलले मानिसलाई शारीरिक मानसिक रुपमा स्वस्थ र तन्दुरुस्त मात्रै होइन अनुशासित पनि बनाउँछ ।” अध्यक्ष थापाले भन्नुभयो । फरक प्रसंगमा उहाँले संघियताले केन्द्रको अधिकार गाउँ(गाउँ सम्म पु(याएको बताउनुभयो । “नेपाल लामो समय राजनैतिक परिवर्तनको आन्दोलनमा फस्यो । जनताको लामो त्याग,तपस्या र बलिदानले जनताको अधिकार स्थापित भएको छ । अब विकास निर्माणको बेला हो । चुनावको बेला जे(जस्ता विचार आस्था भए पनि अब सबै जना आग्रह,पूर्वाग्रह त्यागेर देश विकासमा लागौं ।”प्रमुख अतिथी थापाले भन्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी पूर्वखोला गाउँपालिकाका उपाध्यक्ष भागिरथी भट्टराईले यस प्रतियोगिताले जिल्ला,प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगिताहरुमा पालिकाबाट खेलाडी छनौट गर्न सहज भएको बताउनुभयो ।

गत चैत्र २७ गतेदेखि शुरु भएको अध्यक्ष कपमा अन्तर वडा स्तरिय डबल ब्याडमिन्टन प्रतियोगितामा सहभागी २१ टिम मध्ये पूर्वखोला(३ रिङ्नेरहका गंगा काम्मु र विवेक न्यौपाने प्रथम,पूर्वखोला(५,वीरकोटका थमन सारु र सोम पल्ली द्वितीय तथा पूर्वखोला(३,रिङ्नेरहकै सविन भट्टराई र दल बहादुर सिंजाली एवं पूर्वखोला(५,वीरकोटका उत्तर सिंजाली र दिल बहादुर ढेंगाको समूह तृतीय भएका थिए । त्यस्तै गाउँपालिका भित्र रहेका ६ वटा वडाका ६ टिम सहभागी पुरुष भलिबल प्रतियोगितामा वडा नं।(६,हेक्लाङको टिम प्रथम,वडा नं।(४,देवीनगरको टिम द्वितीय र वडा नं।(१,सिलुवाको टिम तेस्रो भएको छ ।

सोही प्रतियोगिताबाट मण्डली कप सिलुवाका लागि ७ जना खेलाडीहरु छनौट गरि नाम समेत घोषणा गरिएको थियोे । युवा तथा खेलकुद विकास समिती,पूर्वखोलाका अध्यक्ष प्रेम दिसुवाको अध्यक्षता तथा सचिव विष्णु सारुको सञ्चालन सम्पन्न कार्यक्रममा सह(सचिव नवीन आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियोे ।

पुर्वखोला गाउँपालिकामा प्रथम पूर्वखोला अध्यक्ष कप भव्यताका साथ सम्पन्न

कार्यक्रममा हाँस्य कलाकारद्वय मिना बस्याल ९कुकुर कराउने दिदी० र पुजन परियारको प्रस्तुति लगायत विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत भएको थियोे ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif