भैरब खबर डटकम संवाददाता, मंगलवार, ७ असार, २०७९
पाल्पा- जिल्लाकाे पुर्वखाेला गाउँपालिका वडा न ३ विर्ता बजारका महिलाहरूलाई डल तथा कुशन बनाउने तालिम प्रदान गरिएको छ । कार्यक्रम गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेडेपा) अन्तर्गत संचालन भएको हाे । तालिम पुर्वखोला गाउपालिकाकाे आयाेजना र ग्रामिण उद्यमशिलता विकास केन्द्रकाे सहजिकरण एवम समन्वय सम्पन्न भएको हाे ।
महिलाहरूलाई उद्यमशील बनाउनका लागि १५ दिने चप्पल बनाउने तालिम प्रदान गरिएकाे छ । जस्काे प्रशिक्षण आशा वि क गर्नु भएको थियाे । त्यस्तै एडभान्स १५ दिने सिलाई कटाई तालिमकाे प्रशिक्षण जमुना वि क गर्नुभएको थियाे । ७ दिने डल तथा कुशन बनाउने तालिम प्रशिक्षक माया सारु गर्नुभएको थियाे । कार्यक्रमका प्रमुख अतिथि पुर्वखोला गाउपालिका अध्यक्ष नुन बहादुर थापाले गाउँपालिकाले पालिकाका बेरोजगार महिला तथम युवाहरूलाई विभिन्न स्वराेजगार मुलक कार्यक्रमकाे माध्यमबाट उत्पादनमुलक कार्यमा जाेड्नका लागि तालिम सहयोग गर्ने बताउनुभयो ।
गाउँपालिकाले पालिकाका सबै वडाका महिला तथा युवाहरूलाई उत्पादन मुलक तालिमकाे माध्यमबाट स्वराेजगार बनाई व्यवसायीक उद्यमी बनाउने लक्ष्यका साथ तालिम सञ्चालन गरेको बताउदै तालिममा सिकेका कुरालाई बास्तविक व्यवहारितामा परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । तालिम सिकेर तालिममा मात्र सिमित नहाेस भन्दै सहभागी युवा तथा महिलाहरूलाई तालिममा सिकेका कुरालाई व्यवहारिकतामा लागू गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि मान बहादुर सारुले तालिमका सिकेका कुरालाई व्यवहारिकतामा परिवर्तन गरि सफल उधमीकाे रूपमा अगाडि बढ्न सहभागीहरूलाई आग्रह गर्नुभयाे । कार्यक्रमकाे संचालन उद्यम विकास सहजकर्ता ईश्वरी भण्डारीले गर्नु भएको थियाे ।
कार्यक्रम पुर्वखोला गाउपालिका वडा नम्बर ३ वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईकाे अध्यक्षतामा सम्पन्न भएको थियाे भने कार्यक्रमकाे स्वागत तथा कार्यक्रम बारे जानकारी ग्रामीण उद्यमशिलता विकास केन्द्रका कार्यक्रम संयाेजक अनिता तिवारीले गर्नुभएको थियाे ।