शनिबार, १८ असार, २०७९

पुर्वखाेला जल्पाका महिलाहरूलाई उद्यमशील बनाउन डल कुशन बनाउने तालिम प्रदान

सन्‍तोष गहतराज, आईतवार, ५ असार, २०७९

पुर्वखाेला जल्पाका महिलाहरूलाई उद्यमशील बनाउन डल कुशन बनाउने तालिम प्रदान

पाल्पा- जिल्लाकाे पुर्वखाेला गाउँपालिका वडा न २ जल्पाका महिलाहरूलाई उद्यमशील बनाउनका लागि  एक हप्ते डल तथा कुशन बनाउने तालिम प्रदान गरिएको छ । तालिम गरिबी निवारणका लागि लघु उद्यम विकास  कार्यक्रम अन्तर्गत संचालन भएको भएको थियाे ।  तालिम पुर्वखोला गाउपालिकाकाे आयाेजना र  ग्रामीण उद्यमशिलता विकास केन्द्रकाे सहजीकरणमा सम्पन्न भएको हाे । तालिममा १८ जना महिलाहरूकाे सहभागी रहेकाे थियाे । 

कार्यक्रमका अतिथि वडा सचिव भाेज बहादुर रानाले तालिमले महिलाहरूलाई उधमशील बनाउन सहयोग पुर्याउने बताउनुभयाे । डल तथा कुशनका सामाग्री घरमै बसेर निर्माण गर्न सकिने बताउदै  महिलाहरूकाे  आयआर्जन राम्रो स्त्राेत रहेको बताउनुभयो ।  साथै लगनशील र मेहनत गरि उद्यमका कार्यमा लागि आत्मनिर्भर हुन सहभागीलाई आर्गह गर्नुभएको छ । 

कार्यक्रममा वडा सदस्य खेम बहादुर घर्तीले तालिममा सिकेका सिपलाई व्यवहारिकता प्रदान गरि व्यवसायीक उधम लाग्न सहभागीहरूलाई आग्रह गर्नु भएको छ । तालिम लिएर व्यवहारिकता  उत्तार नसकेकोमा तालिमकाे औचित्य पूरा नहुने भएकोले तालिममा सिकेका कुरालाई व्यवहारिकता प्रदान गरि सफल व्यवसायीकाे रूपमा अगाडि बढ्न सकिने बताउनुभयो । तालिमकाे मुख्य प्रशिक्षककाे  माया सारू रहनु भएको थियाे । भने कार्यक्रमकाे संयाेजन अनिता तिवारीले गर्नु भएको थियाे । 

कार्यक्रम  ईश्वरी भण्डारी संचालन र जल्पा लघु उद्यमी समूहकि अध्यक्ष दिलमाया कुवरकाे अध्यक्षतामा सम्पन्न भएको थियाे । 

प्रतिक्रिया
अन्य समाचार
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1637589959.JPG
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1650789033.gif