सन्तोष गहतराज, शुक्रबार, ३ असार, २०७९
पाल्पा-जिल्लाको पुर्वखोला गाउँपालिकामा स्वास्थ्यकर्मीहरूलाई आखाँ, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी २ दिने अभिमुखीकरण तालिम शुक्रबार देखि गाउँपालिकाको सभाहलमा शुरू भएको छ । कार्यक्रम पुर्वखोला गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा शुरू भएको हो । अभिमुखिकरण कार्यक्रम २ दिन चल्ने छ । तालिममा पालिकाका ११ वटा स्वास्थ्य सस्थाका १७ जना स्वास्थ्यकर्मीहरूको सहभागीता रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर शारूले कार्यक्रमले स्वास्थ्य सम्बन्धि समस्या रहेका नागरिकहरूको पहिचान एवम उपचार पद्धतिमा थप सहयोग पुर्याउने बताउनुभयो । नागरिकहरूले स्वास्थ्य सम्बन्धि सामान्य लक्षणहरू देखा पर्दा उपचार नगर्ने हुदा दिन प्रती दिन स्वास्थ्य जटिलता देखा पर्ने हुदा यस्ता कार्यक्रमकाे माध्यमबाट नागरिकहरूको स्वास्थ्य सम्बन्धि समस्या पहिचान हुनुका साथै उपचार पद्धतिमा समेत महोत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । पुर्वखोला गाउँपालिकाले पालिकाको स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन ल्याई स्वास्थ्यको क्षेत्रलाई अब्बल बनाउने योजना साथ अगाडि बढेको बताउदै तालिममा सिकेका कुरालाई स्वास्थ्यकर्मीहरूले पालिकाका नागरिकहरूको घरघरमा पुगी सचेतनाको माध्यमबाट स्वास्थ्य क्षेत्रको सुधारमा कदमी अगाडि बढाउन आर्गह गर्नुभयो ।
कार्यक्रममा स्वास्थ्यकर्मीहरुको लागि आखाँ, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी बिशेष प्रशिक्षण प्रशिक्षक पुजन श्रेष्ठले प्रदान गर्न ु भएको छ । दुई दिन चल्ने तालिममा ११ वडा स्वास्थ्य सस्थाका स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको छ । तालिम पश्चात् पालिकाका नागरिकहरूको शिविरको माध्यमबाट आखाँ, नाक, कान, घाँटी तथा मुखको समस्याको पहिचान गरि उपचार पद्धतिमा अगाडि बढ्ने योजना रहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।