सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

पुसौलिमा नेकपा एमालेको कार्यकर्ता भेला सम्पन्न

सुरेश यादव, मंगलवार, १५ भाद्र, २०७८

पुसौलिमा नेकपा एमालेको कार्यकर्ता भेला सम्पन्न

 नवलपरासी//११ असोज 

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ पुसौलिमा वडा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपा एमाले वडा कमिटी अध्यक्ष ईसरायल हजाम नाउँको अध्यक्षता तथा जेष्ठ कम्युनिस्ट मञ्चका केन्द्रीय सदस्य खिमलाल पोख्रेलको प्रमुख अतिथतामा वडा कार्यकर्ता भेला सम्पन्न भएको हो । अवसरमा बोल्दै प्रमुख अतिथि पोख्रेलले नेकपा एमालेले जनताको हितको लागि विभिन्न योजना ,नितिनियम तथा हक अधिकारका लागि काम गरिरहेको बताउनुभएको थियो । साथै उहाले नेकपा एमाले सधै जनताको लागि कार्य गर्ने छ र न्याय दिलाउने छ बताउदै नागरिकता पिडितहरुलाई छिटै नागरिकता विधेयक लाएर नागरकिता दिलाउने बताउनुभएको थियो । साथै पार्टीको कार्यकर्ताहरुलाई पार्टि विस्तार गरि पार्टि संगठनलाई बलियो बनाउन आग्रह समेत गर्नुभएको थियो । 

कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा नेकपा एमाले पार्टी जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारी तथा अतिथिहरुमा सरावल गाउँपालिका वडा नम्बर ६ का वडा  कैलाश यादव ,वडा नम्बर ५ का वडा अध्यक्ष दिनेश सहानि , नेकपा एमाले सरावल गाउँपालिका पार्टी अध्यक्ष सुरेश यादव ,पार्टी सचिव देवराज चौधरी ,जिल्ला परिषद सदस्य  पञ्चराम चौधरी , सुखाडि प्रसाद चौधरी ,राष्ट्रिय युवा संघ जिल्ला कमिटी सदस्य गोपिचन्द हरिजन ,पत्रकार नन्दु यादव , सुरेश यादव ,महेश यादव ,श्यामबदन हरिजन , नेकपा एमाले पार्टि कार्यकर्ता सलिम राईन लगाएतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सञ्चालन प्रदेश नम्बर ५ का राष्ट्रिय युवा संघका सह संयोजक श्रीराम गौडले गर्नुभएको थियो ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif