भैरब खबर डटकम, शनिबार, २९ फाल्गुन, २०७७
सन्तोष गहतराज
पाल्पा।।जिल्लामा सामाजिक कार्यमा सकृय रहेको सस्था पहिलो पाइला नेपाल तानसेन शाखाले रैनादेबी छहरा वडा न ३ छचुवामा रहेको बालकल्याण प्रा विका विद्यार्थीहरूलाई भाग्य बोक्ने झोला वितरण कार्यक्रम सम्पन्न गरेको छ । सस्थाले कृयाशिल सदस्यहरू तथा अन्य सहयोगी मनहरूबाट रकम संकलन गरि ४२ जना विद्यार्थीहरूलाई भाग्य झोला वितरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि रैनादेबी छहरा गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्कीले विद्यार्थीहरूलाई झोला वितरण गर्दै पहिलो पाइला नेपाल पाल्पा शाखा गरिब एवम विपन्न बालबालिकाहरूलाई मध्ये नजर गरि पढ्नबाट बच्चित नहुन भनी बालबालिका तथा अभिभावकहरूलाई उत्साहित गराउने काम गरेकोमा सस्थालाई धन्यवाद दिनु भयो । सस्थाले जुन बालबालिकाहरूको पढाइमा प्रती लगाब बढाउन इट्टा थप्ने काम गरेको बताउदै आगामी दिनमा यस्ता सामाजिक कार्य गर्न सस्थासँग सहकार्य गरि अगाडि बढ्ने बताउनु भयो । सोही अवसरमा अध्यक्ष कार्कीले गाउँपालिकाले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूको शैक्षिक गुणस्तर वृद्धिको लागि विशेष योजनाको साथ अगाडि बढेको बताउनु भयो । कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरूलाई दिवाखाजा कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो ।
कार्यक्रमका बिशिष्ट अतिथीमा समाजसेबी विशाल दर्लामी,समाजसेबी रुकमाङत भट्टराई ,हरिलाल पोखरेल लगाएतले पहिलो पाइला युवाहरूले स्थापना गरेको सस्थाले बालबालिकाहरूको शैक्षिक गुणस्तरमा वृद्धि गराउने प्रशंसा लाएक काम गरेको बताउनु भयो ।यस्तै कार्यक्रममा अतिथीहरुमा निबर्तमान अध्यक्ष ईश्वर ज्ञवाली र निबर्तमान सचिब दिपक पाण्डे ,प्र अ खिम ब कुमाल ,जोगवानी माबी प्र अ कर्ण ब कुमाल लगायत रहनु भएको थियो । सस्थाका उपाध्यक्ष कृष्ण राउतको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा निकै सक्रियताका साथ अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । सस्थाका उपाध्यक्ष कृष्ण राउतको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा निकै सक्रियताका साथ अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । कार्यक्रम सस्थाका अध्यक्ष अविरल कुवरको अध्यक्षता र सस्थाका सचिव सुवास पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।