सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

रिब्दीकोट गाउँपालिकाका माध्यमिक विधालयलाई प्याड डिस्पोजल मेसिन हस्तान्तरण

सन्ताेष गहतराज, बिहीबार, २१ आश्विन, २०७८

रिब्दीकोट गाउँपालिकाका माध्यमिक विधालयलाई प्याड डिस्पोजल मेसिन हस्तान्तरण

पाल्पा-जिल्लाको रिब्दीकोट गाउँपालिकाले पालिकाका ८ वटा वडाका माध्यमिक विधालयहरूलाई सेनेटरी प्याड डिस्पोजल मेसिन वितरण गरेको छ । गाउँपालिका एक कार्यक्रमका बिच पालिकाका सबै वडाका माध्यमिक विद्यालयहरूलाई मेसिन हस्तान्तरण गरेको हो । गाउँपालिकाले पालिकाका ८ वटा वडाका ९ वटा माध्यमिक विद्यालयहरूलाई मेसिन हस्तान्तरण गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख मणि खनालले जानकारी दिनुभयो । 

कार्यक्रमका प्रमुख अतिथि रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जि सीले गाउँपालिकाले उज्ज्वल भविष्यको परिकल्पना गरि शैक्षिक गतिविधि हासिल गर्न आउने छात्रा विद्यार्थीहरूलाई मध्ये नजर गरि मेसिन प्रदान गरेको बताउनुभयो । गाउँपालिकाले माध्यमिक तहका छात्रा विद्यार्थीहरूलाई मध्ये नजर गरि पालिकाको बैठकबाट निर्णय गरि सबै माध्यमिक विधालयहरूलाई निशुल्क रूपमा मेसिन हस्तान्तरण गरेको बताउनुभयो । साथै  वितरण गरिएको मेसिनको सहि सदुपयोग गर्न विधालयहरूलाई अध्यक्ष जि सीले आर्गह गर्नुभयो । 
कार्यक्रम गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले गाउँपालिकाले माध्यमिक विधालयहरुका छात्राहरूलाई मध्ये नजर गरि  निशुल्क सेनेटरी प्याड डिस्पोजल मेसिन वितरण कार्यक्रम गरेको बताउनुभयो । बिशेष गरि छात्राहरूले महिना बारीको समयमा प्रयोग गर्ने सेनेटरी प्याडको उचित व्यवस्थापन गर्नका लागि गाउँपालिकाले पालिकाका सबै वडाहरूका विद्यालयलाई मेसिन हस्तान्तरण गरेको बताउनुभयो । 
कार्यक्रम प्रमुख प्रशासकृय अधिकृत प्रेम चन्द्र अर्याल,शिक्षा शाखा प्रमुख मणि खनाल,लेखा अधिकृत मन्जु पन्थी लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन गाउँपालिकाका कर्मचारी शिव जि सीको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif