सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

रिब्दीकोट गाउँपालिकामा एकल महिला समिक्षा बैठक सम्पन्न

सन्तोष गहतराज, बिहीबार, २८ श्रावण, २०७८

रिब्दीकोट गाउँपालिकामा एकल महिला समिक्षा बैठक सम्पन्न

पाल्पा-जिल्लाको रिब्दीकोट गाउँपालिकामा एकल महिला सञ्जालको समीक्षा बैठक सम्पन्न भएको छ । रिब्दीकोट गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।बैठकमा रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर जि सीले गाउँपालिकाले गत आर्थिक बर्ष २०७७र०७८ मा एकल महिलाहरूलाई उधमशिल बनाउनका लागि विभिन्न स्वरोजगार मुलक कार्यक्रमहरू सञ्चालन भएको बताउनुभयो । गाउँपालिकाको ८ वटै वडाहरूमा एकल महिला सञ्जाल गठन गरि एकल महिलाहरूलाई विभिन्न कार्यक्रमहरूमा आवद्व गराएको बताउनुभयो ।

गाउँपालिकाले एकल महिलाहरूका लागि ५ वटा पालिका स्तरीय बैठकमा सहभागी गराउने,त्रिवेणी,सुनवल अवलोकन भ्रमण गराउने,७२ वटा झिनिया बनाउने मेसिन हस्तान्तरण तथा तालिम प्रदान,बत्ती,सिन्का,चप्पल,धुप,ढाका, बनाउने तालिम तथा मेसिन हस्तान्तरण,घुम्ती कोष लगानी मार्फत बंगुर,बाख्रा,कुखरा तथा तरकारीमा लगानी गर्ने जस्ता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । गाउँपालिकाले प्रत्येक बर्ष एकल महिलाहरूलाई विभिन्न आयआर्जनका कार्यहरूमा आवद्व बनाउनका लागि ५ लाख बजेट बिनियोजन गरि कार्यक्रमहरू सञ्चालन गरिएको बताउनुभयो ।


कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालले एकल महिलाहरूलाई स्वरोजगार बनाउनका लागि बजेट विनियोजन गरि विभिन्न आयआर्जन मुलक कार्यक्रमहरू सञ्चालन गरिएको बताउनुभयो । एकल महिलाहरूले घरमा श्रीमान श्रीमती दुबै भुमिका एक्लै निर्वाह गर्ने भएकोले उनिहरूलाई विभिन्न उत्पादनमूलक कार्यक्रममा जोडी उक्त कार्यक्रम मार्फत जीवनस्तरमा सुधार गरि पारिवारिक जिम्मेवारीलाई परिपुर्ति गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । गाउँपालिकाले पालिकाका ८ वटै वडाहरूमा पुगी एकल महिलाहरूको पहिचान गर्ने र उक्त महिलाहरूको समूह गठन गर्ने र कोषको खडा गरि उनिहरूलाई विभिन्न स्वरोजगार मुलक कार्यक्रममा आबद्व गराउनका लागि गाउँपालिकाले पालिका स्तरीय एकल महिला सञ्जाल गठन गरेको बताउनुभयो । गाउँपालिकाले सञ्जाल गठन गरि एकल महिलालाई स्वरोजगार बनाउनका लागि कार्यक्रम सञ्चालन गरे पश्चात् महिलाहरू एक आपसमा परिचित हुने अवसर मिलेको एवम उनिहरूको व्यक्तत्व तथा नेतृत्व विकासमा समेत टेवा पुगेको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकृय अधिकृत प्रेम चन्द्र अर्यालले एकल महिलाहरूलाई प्रत्येक बर्ष बजेट बिनियोजन गरि उत्पादनमूलक कार्यक्रममा जोडी स्वरोजगार बनाउने कार्यमा गाउँपालिका अगाडि बढेको बताउनुभयो । गाउँपालिकाले प्रत्येक बर्ष विभिन्न फरक प्रकारका क्षमता अभिवृद्धि गर्ने कार्यहरूको साथै स्वरोजगार मुलक तालिम तथा मेसिन प्रदान गरि उनिहरूको जीवनस्तर वृद्धि गर्न गाउँपालिकाले बजेट बिनियोजन गरि कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

कार्यक्रममा वडा न १ संयोजक गोमा पराजुली,वडा न २ संयोजक मिना कुमारी राना,वडा न ३ संयोजक सीता खनाल,वडा न ४ संयोजक माया बोहोरा,वडा न ५ संयोजक बिष्णु कुमारी थापा,वडा न ६ संयोजक राधिका राना,वडा न ७ संयोजक लिला कुँवर र वडा न ८ संयोजक तारा रायमाझीले  पालिकाले एकल महिला सञ्जाल गठन गरि विभिन्न कार्यक्रम सञ्चालन  गरे पछि एकल महिलाहरूले ,बंगुर ,बाख्रा, तरकारी खेती तथा  झिनिया बनाउने तालिम,परालको चप्पल बनाउने तालिम,सिलाई कटाई तालिम,धुप बनाउने तालिम तथा मेसिन प्रदान गरे सँगै एकल महिलाहरूले कर्म गरेर बाच्ने आधार प्राप्त गरेको बताउनुभयो । बैठक  महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाकी कार्यवाहक प्रमुख सिर्जना नेपालको सञ्चालन र रिब्दीकोट गाउँपालिका एकल महिला सञ्जालकी अध्यक्ष लिला कुवँरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif