सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

रिब्दिकोट गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न

सन्तोष गहतराज, बिहीबार, २८ श्रावण, २०७८

रिब्दिकोट गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न

पाल्पा-जिल्लाको रिब्दीकोट गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा रिब्दीकोट गाउँपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र लुम्बिनी मेडिकल कलेजको प्राविधिक सहयोगमा  रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । 


कार्यक्रमको शुभारम्भ गर्दै रिब्दिकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले  पछिल्लो समयमा अस्पतालहरूमा विरामीहरूलाई रगतको अभाव भइरहेको बेला रगतको आपुर्ति गर्न  रक्तदान कार्यक्रम सहयोग पुर्याउने बताउनुभयो । रक्तदान भनेको जीवन दान गरे सरहको कार्य रहेकोले यो पुर्णयको कार्यले कुनै पनि व्यक्तिको जीवन रक्षा गर्ने बताउनुभयो । पछिल्लो समयमा कोरोनाका कारण अस्पतालहरूमा रगत अभाव सिर्जना भइरहेको बेला गाउँपालिकाका युवा तथा खेलकुद विकास समितिले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रगतको आपुर्ति गर्नका लागि पुण्यको कार्य गरेको बताउनुभयो । साथै अध्यक्ष जि सीले कोविडका कारण रगतको अभाव भइरहेको बेला जिल्लाका स्थानीय निकाय तथा अन्य संघ सस्थाहरूले रक्तदान कार्यक्रम सञ्चालन गरि रगतको आपुर्तीमा सहयोग पुर्याएमा कुनै पनि नागरिकको जीवन रक्षामा सहयोग पुग्ने बताउनुभयो ।

 कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले अन्तरास्ट्रिय युवा दिवसको अवसरमा बैठक बसि छलफल गर्दा पछिल्लो समयमा कोविडका कारण रगतको आपुर्तिमा कमि भइरहेको परिस्थितिमा लुम्बिनी मेडिकल कलेज सँगको सहकार्यमा रगत आपुर्तिमा सहयोग पुगोस भनी रक्तदान कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । पछिल्लो समयमा कोविडको कारण अस्पतालहरूमा रक्तको अभाव भएको परिस्थितिमा गाउँपालिकाले अस्पतालका बिरामीहरूलाई रक्तको अभावका कारण ज्यान जोखिममा नपरोस भनी कार्यक्रम सञ्चालन गरिएको बताउदै अभियानमा सहयोग पुर्याउने व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गर्नु भयो । 


रक्तदान कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकृय अधिकृत प्रेम चन्द्र अर्याल,गाउँपालिकाका  प्रवक्ता बिष्णु खनाल,वडा न ८ का वडा अध्यक्ष नारायण लामटाङ्गे,वडा न ५ का वडा अध्यक्ष कृष्ण थापा,गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शुनिल अधिकारी,शिक्षा शाखा प्रमुख मणि खनाल लगाएतको उपस्थिति रहेको थियो ।


कार्यक्रम रिब्दीकोट गाउँपालिका युवा तथा खेलकुद विकास  समितिका संयोजक शेर बहादुर रानाको अध्यक्षता र गाउँपालिकाका कर्मचारी शिव जि सीको सञ्चालनमा सम्पन्न भएको थियो ।कार्यक्रममा प्राविधिक सहयोग लुम्बिनी मेडिकल कलेजको  रहेको थियो । रक्तदान कार्यक्रममा १७ जना सहभागी रहेका थिए । रक्तदान गर्नु अघि सम्पुर्ण नागरिकहरूको कोरोना परिक्षण गरिएको थियो ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif