सन्तोष गहतराज, मंगलवार, १० श्रावण, २०७९
पाल्पा- जिल्लाको रिब्दीकोट गाउँपालिका वडा न ५ का वडा अध्यक्ष मन बहादुर अस्लामीले कुसुमखोलाको रानीखर्कलाई टिमुर पकेट क्षेत्रको रूपमा विकास गरिने बताउनु भएको छ । युवा जोस जागर भएका वडा अध्यक्ष अस्लामीले रानीखर्कमा टिमुरको सम्भावना रहेकोले स्थानीय नागरिकहरूको मागको आधारमा बिरुवा वितरण गरिएको बताउनुभयो । स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट गठबन्धनका वडा अध्यक्षका साझा उम्मेदवार बनेका अस्लामीले विजयी हासिल गरेको थिए । हाल उनै वडा अध्यक्ष अस्लामीले कुसुमखोलालाई नमुना वडाको रूपमा पहिचान दिलाउन सकृयताका साथ कार्यहरू अगाडि बढाएका छन ।
टिमुर पकेट क्षेत्र कार्यक्रमका लागि हाल झण्डै ११ सय बिरुवा वितरण गरिएको बताउनुभयो । वडा न ५ को साविकको वडा न ६ रानीखर्कलाई टिमुरको पकेट क्षेत्रको रूपमा विकास गरि स्थानीय नागरिकहरूको जीवन स्तरमा वृद्धि गरि आयआर्जनमा वृद्धि गर्ने लक्ष्यका साथ पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको हो वडा अध्यक्ष अस्लामीले बताउनुभयो । टिमुर पकेट क्षेत्र कार्यक्रमका लागि जिल्ला बन कार्यालयले टिमुरका विरूवाहरूको उपलब्ध गराएको छ । भने ग्रामीण आर्थिक विकास संघ रेडा र हेफर इन्टरनेशनको सहजीकरण एवम वडा कार्यालयको समन्वयमा बिरुवा वितरण गरिएको छ । वडाले रानीखर्क उधमी महिला समुहका सदस्यहरूलाई पकेट क्षेत्र कार्यक्रमका लागि बिरुवा वितरण गरेको छ । वडाले टिमुरको बिरुवा रोपणका लागि महिलाहरूलाई प्रशिक्षित गराइ बिरुवा हस्तान्तरण गरिएको बताउनुभयो ।
रिब्दीकोटको कुसुमखोलामा सुन्तला खेतीको राम्रो सम्भावना रहेकोले वडालाई सुन्तला पकेट क्षेत्रको रूपमा विकास गरिने बताउनुभयो । सुन्तलाको खेतीको लागि कुसुमखोलामा हावापानी सुवाउदा रहेको र कृषकहरूले बर्सेनि लाखौ रूपैयाँको सुन्तला उत्पादन एवम विक्री वितरण गर्ने गरेको बताउदै आगामी दिनमा वडाले उक्त कृषकहरूलाई थप परिस्कृत गरि सुन्तला पकेट क्षेत्रको रूपमा विकास गर्ने बताउनुभएको छ ।
सामान्य परिवार पाल्नकै लागि अधिकांश युवा रोजगारको लागि विदेश जानु पर्ने बाध्यता छ। अहिले गाउँमा खासै युवा छैनन्। भएका युवा पनि बेरोजगार छन। विदेश जाने योजना बनाइरहेका छन । ती युवालाई गाउँमै रोक्न युवामैत्री कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । वडाले युवालाई उनीहरूको रुचिअनुसारका सिप सिकाउने र स्वरोजगार बनाउने गाउँपालिकाको मुख्य उद्देश्य रहेको उनी बताउँछन्। यो वडालाई तरकारी, मासु ,दूध र सुन्तलामा आत्मनिर्भर बनाउने उनको लक्ष्य छ । वडा अध्यक्ष अस्लामीले बताउनुभयो । वडाले टिमुर पकेट क्षेत्र कार्यक्रमका लागि ११ सय विरूवाको वितरण कार्यक्रम सम्पन्न गरिसकेको छ । वडाका कृषि प्राविधिक सहयोगमा बिरुवा लगाउने कार्य वडाले गरेको छ । अन्य विरूवालाई जस्तो धेरै मेहनत गर्न नपर्ने , दीर्घकाल सम्म निरन्तर फाइदा लिने सकिने हुदा पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको छ ।
टिमुरमा औषधीय गुण हुने र बजारीकरणको लागि समस्या नभएकोले स्थानीयको मागको आधारमा बिरुवा वितरण गरिएको छ । आगामी दिनमा टिमुरको उत्पादन गरि ब्राडिङ्ग गरि बजारमा पुर्याउने लक्ष्यका साथ वडा कार्यालय अगाडि बढेको बताउनुभयो । वडाले भैसी,बाख्रा,कुखुरा पालन गर्ने कृषकहरूलाई ग्रडिङ्ग गरि उत्पादन क्षेत्रमा जोड्ने छ । तरकारी खेती गर्ने कृषकहरूलाई व्यवसायीक एवम आधुनिक कृषि कर्ममा जोडि आत्मनिर्भर बनाउने बताउनुभयो । बिरुवा वितरण कार्यक्रम वडा अध्यक्ष मन बहादुर अस्लामी, कार्यपालिका सदस्य गोमा थापा,वडा सदस्य हुमा दमै,वडाका कृषि प्राविधिक सुजन सुनार लगाएतले वितरण गर्नुभएको छ । वडाले रानीखर्क उधमी महिला समुहलाई बिरुवा हस्तान्तरण गरिएको छ । रेडाका पशु प्राविधिक मान बहादुर रानाले बताउनुभयो ।