सन्ताेष गहतराज, बुधबार, २७ श्रावण, २०७८
पाल्पा-जिल्लाको रिब्दिकोट गाउँपालिकाले वडा न ६ ठिमुरेका महिलाहरूलाई व्यवसायीक डलकुसन तथा चुरापोते बनाउने तालिम प्रदान गरेको छ । गाउँपालिकाले गरिबी निवारणका लागि लघुउधम उधम विकास कार्यक्रमबाट डलकुशन तथा चुरापोते बनाउने तालिम प्रदान गरेको हो ।
महिलाहरूलाई उत्पादनमूलक कार्यक्रममा जोडी उधमशिल बनाउनका लागि तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले रिब्दिकोट गाउँपालिकाले महिलाहरूलाई उत्पादनमूलक कार्यमा जोडी आत्म निर्भर बनाउनका लागि कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । घास,दाउरा ,चुलो चौकोमा व्यस्त हुने महिलाहरूलाई गाउँपालिकाले उत्पादनमूलक कार्यमा जोडी स्वरोजगारको माध्यमबाट आत्मनिर्भर बनाउनका लागि गाउँपालिका अगाडि बढेको बताउनुभयो । गाउँपालिकाले महिलाहरूलाई सिलाइ कटाईको तालिम,परालको जुत्ता बनाउने तालिम,झिनिया बनाउने तालिम,लगाएत डलकुशन तथा चुरापोते बनाउने तालिम प्रदान गरेको बताउदै तालिममा सिकेका कुरालाई व्यवहारिक जीवनमा लागू गरि आत्म निर्भर हुन आर्गह गर्नु भयो ।
कार्यक्रममा व्यवसायिक चुरापोते तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गाउँपालिका अध्यक्ष जि सिले प्रदान गर्नुभएको थियो । कार्यक्रम वडा न ६ का वडा अध्यक्ष तुल बहादुर जि सीको अध्यक्षतामा सम्पन्न भएको थियो ।