भैरब खबर डटकम संवाददाता, शनिबार, २४ बैशाख, २०७९
पाल्पा- सत्तारूढ गठबन्धनले जिल्लाकाे रिब्दीकाेट गाउँपालिका वडा न ८ फेकमा घरदैलो अभियान सम्पन्न गरेको छ ।
घरदैलाै कार्यक्रमकाे काेण सभालाई सम्बाेधन गर्न पुगेको कार्यक्रम प्रमुख अतिथि नेपाली काङ्ग्रेसका जिल्ला सभापति एवम गठबन्धन दलका संयाेजक हिमाल दत्त श्रेष्ठले काङ्ग्रेस कमजोर भएर गठबन्धन गरेको नभइ अावश्यकता एवम लाेकतन्त्रकाे रक्षाकाे लागि गरेको बताउनुभयो । २०७४ सालमा नेपाली काङ्ग्रेस पाल्पाले ३७ वडा र ४ पालिका जितेको ईतिहास रहेको बताउदै हाल ५ प्रतिशत मत बढ्दा धेरै ठाउमा जित सुनिश्चित गर्न सकिने बताउनुभयो । हाल गठबन्धनकाे दलका माओवादी,समाजवादीकाे मत हेर्दा गठबन्धनकाे जित सुनिश्चित रहेकाे बताउनुभयो । केपि ओलीले नेपालकाे संसदलाई विघटन गरेर संसदलाई भङ्ग गर्न खाेजेकाे बताउदै हाल गठबन्धनकाे विधि र पद्वतिकाे विकास भएको बताउनुभयो । ओलीकाे असंवैधानिक कदमले नेपालकाे लाेकतन्त्र खतरामा परेकाे बताउदै आज गठबन्धनकाे परिकल्पना भएको बताउदै आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई भारि मतले विजयी गराउन मतदातालाई आर्गह गर्नुभयाे ।
कार्यक्रममा नेपाली काङ्ग्रेस पुर्व केन्द्रीय सदस्य एवम पुर्व सांसद हरि प्रसाद नेपाल, नेपाली काङ्ग्रेसका क्षेत्रीय सचिव कृष्ण आले,नेकपा माओवादीका नेता चिरञ्जीवी अमात्य लगाएतले बाेल्नु भएको थियाे ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार नारायण बहादुर कार्कीले रिब्दीकाेट गाउँपालिकाकाे कृषिबाट सम्भावना खाेजेर कृषि आधुनिकरण गर्ने,पर्यटनकाे क्षेत्रकाे रूपमा विकास गर्ने,राेजगारकाे अवसर सिर्जना गर्ने,छुन्फान डाडालाई पर्यटकिय क्षेत्रकाे रूपमा विकास गर्ने,शिक्षा,स्वास्थ्य,यातायात,विधुतिकरण,सञ्चार क्षेत्रकाे विकास,अदुवा,आलुकाे पकेट क्षेत्रकाे विकास गर्ने,खानेपानी क्षेत्रमा काम गर्ने,सुविधा सम्पन्न हस्पिटलकाे निर्माण गर्ने बताउनुभयो । साथै अध्यक्ष पदका उम्मेदवार कार्कीले तलब भत्ता नलिने बताउनुभएको छ । उहाले आकस्मिक काेष खडा गरि उक्त रकम जनताकाे हितकाे लागि खर्च गर्ने बताउनुभयाे । काेण सभालाई गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार कान्ता अधिकारीले सम्बाेधन गर्नु भएको थियाे । कार्यक्रम सञ्चालन वडा अध्यक्ष माओवादी केन्द्रका नेता नारायण लामटाङ्गले गर्नुभएको थियाे ।