सन्तोष गहतराज, शुक्रबार, १७ असार, २०७९
पाल्पा- जिल्लाकाे रिब्दीकाेट गाउँपालिका वडा न ७ काे पालुङ मैनादी स्वास्थ्य चाैकीलाई पाेषण मैत्री स्वास्थ्य संस्था घाेषणा गरिएको छ । स्वास्थ्य चाैकीले पाेषण मैत्री स्वास्थ्य सस्था घाेषणा गर्नका लागि आवश्यक इन्डिकेटरहरू पूरा गरेको आधारमा एक औपचारिक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की,उपाध्यक्ष कान्ता अधिकारीले पाेषण मैत्री स्वास्थ्य सस्था घाेषणा गर्नुभएको हाे ।
कार्यक्रम रिब्दीकाेट गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष दान बहादुर कुँवरकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।
कार्यक्रमका प्रमुख अतिथि रिब्दीकाेट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले रिब्दीकाेट गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई अब्बल बनाउने याेजना साथ गाउँपालिकाले निति तथा कार्यक्रममा समावेश गरि याेजना अगाडी बढाएकाे बताउनुभयो । स्वास्थ्य क्षेत्र अन्य क्षेत्र भन्दा जटिल एवम संवेदनशील रहेकोले पालिकाले नागरिककाे स्वास्थ्यमा आमुल परिवर्तन ल्याउने गरि स्वास्थ्य केन्द्रीत कार्यक्रमहरू अगाडि बढाउने बताउनुभयो । हाल वडा न ७ पालुङ मैनादी स्वास्थ्य चाैकी पाेषण मैत्री स्वास्थ्य सस्था घाेषणाका लागि आवश्यक तथ्यहरू पालिकामा पेस भएकाे र उक्त तथ्यहरूकाे आधारमा सस्थालाई पाेषण मैत्री स्वास्थ्य सस्था घाेषणा गरिएको बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथिहरु गाँउपालिका उपाध्यक्ष कान्ता अधिकारी , स्वास्थ्य कार्यालय पाल्पा प्रमुख डा. राजेन्द्र कुमार गिरी, रिब्दीकाेट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारी , क्षे.कु.स. अधिकृत टिकाराम अधिकारी , अतिथिहरु सुआहारा पाल्पा पाेषण अधिकृत विनाेद कुमार पाेखरेल, सुआहारा फिल्ड संयाेजक दिनेश घिमिरे, जनप्रतिनिधिहरू, व्यवस्थापन समितिका पदाधिकारीहरू,स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि, पालुङ मैनादीका सम्पूर्ण कर्मचारीहरू तथा सामुदायिक महिला स्वास्थ्य स्वयं सेविका, सबै टाेलका आमा समुहका प्रतिनिधिहरू, सबै विध्यालयका प्रतिनिधिहरु, राजनीति दलका प्रतिनिधिहरु, समाजसेवी , १ हजार दिनका आमाहरु तथा अन्य पालुङ मैनादीका नागरिकहरुकाे उपस्थितिमा पाेषणमैत्री स्वास्थ्य संस्था घाेषणा गरिएको हाे ।
कार्यक्रममा रिब्दीकाेट गाउँपालिका प्रमुख नारायण बहादुर कार्कीले उक्त संस्थालाई प्रमाणपत्र हस्तान्तरण गरि घाेषणा गर्नु भएको थियाे ।