सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

रिब्दीकोटका स्वास्थ्य सस्थालाई कारिदास नेपालको सहयोग

सन्तोष गहतराज, मंगलवार, १९ श्रावण, २०७८

रिब्दीकोटका स्वास्थ्य सस्थालाई कारिदास नेपालको सहयोग

पाल्पा-कारिदास नेपालले रिब्दीकोट गाउँपालिकाका ८ वटै वडाहरूका स्वास्थ्य सस्थाहरूलाई डस्विन वितरण गरेको छ । सस्थाले स्वास्थ्य सस्थाहरूमा फोहोर संकलन एवम व्यवस्थापन गर्नका लागि डस्विन वितरण गरेको हो । रिब्दीकोट गाउँपालिकाको आर्थिक सहयोग र कारिदास नेपालको सहकार्य गाउँपालिकामा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सस्थाले पालिकाका ८ वटै वडाका  स्वास्थ्य सस्थाहरूलाई डस्विन प्रदान गरेको हो ।

सस्थाले ५० एम एलको ९ वटा,३५ एम एलको ९ वटा र ३० एम एलको ९ वटा गरि जम्मा २७ वटा डस्विन स्वास्थ्य स्वास्थ्य सस्थालाई हस्तान्तरण गरेको हो ।  कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायण बहादुर जि सीले स्वास्थ्य सस्थाहरूमा उत्पादित भएका फोहोर मैला व्यवस्थापनको लागि डस्विन प्रदान गरेकोमा सस्थालाई धन्यवाद दिनुभयो ।

फोहोर मैलाको उचित व्यवस्थापन नभएमा विभिन्न प्रकारका रोगहरूको संक्रमण देखा पर्ने हुदा स्वास्थ्य सस्थाहरूलाई डस्विन प्रदान गरि थप स्वास्थ्य सस्थाको सरसफाइमा इटा थप्न सहयोग गरेकोमा कारिदास नेपाललाई धन्यवाद दिनुभयो । 

सामाग्री हस्तान्तरण गर्दै कार्यक्रम संयोजक  हरिस सिह कुवरले कोविडको खोप अभियान सञ्चालन भइरहेकोले उक्त अभियानमा सरसफाइको लागि स्वास्थ्य सस्थाहरूलाई डस्विन वितरण गरेको बताउनुभयो । सि आर एसको आर्थिक सहयोग,कारिदास नेपालको संचालन र रिब्दीकोट गाउँपालिकाको समन्वयमा कोविड १९ को दास्त्रो चरण आपतकालिन सेवा कार्यक्रम अन्तर्गत फोहोर मैला व्यवस्थापनका लागि  डस्विन वितरण गरेको बताउनुभयो । 

कार्यक्रम स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारी,गाउँपालिकाका प्रमुख प्रशासकृय अधिकृत प्रेम चन्द्र अर्याल,लेखा अधिकृत मन्जु पन्थी लगाएत स्वास्थ्य सस्थाका कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन गाउँपालिकाका कर्मचारी शिव जि सीले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif