सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

रिब्दीकोटको दुधलाई पालिका भित्रै व्यवस्थित गर्दै छौ; अध्यक्ष जि सी

सन्ताेष गहतराज, मंगलवार, १४ मंसिर, २०७८

रिब्दीकोटको दुधलाई पालिका भित्रै व्यवस्थित गर्दै छौ; अध्यक्ष जि सी

पाल्पा- जिल्लाको रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर जि सीले रिब्दीकोटको दुधलाई पालिका भित्रै व्यवस्थित गर्ने बताउनुभएको छ ।गाउँपालिका पालिकाका ८ वटै वडाहरूबाट उत्पादित दुधलाई पालिकाको वडा न ४ भैरव स्थानमा सञ्चालन हुन लागेको भैरव स्थान कृषि बहुउद्देश्यीय सहकारी सस्था मार्फत दुधलाई व्यवस्थित गर्ने योजनाका साथ अगाडि बढेको छ । गाउँपालिकाको सबै वडाहरूबाट संकलित दुधलाई सहकारीमा जम्मा गरि दुधबाट दुधजन्य परिकारहरूको उत्पादन गरि बजारीकरण गर्ने योजना रहेको छ । गाउँपालिकाको मुख्य पर्यटकिय,धार्मिक स्थल भैरवस्थानमा आउने दर्शनार्थीहरूलाई मध्ये नजरगरि दुधजन्य परिकारहरूको सहकारी माध्यमबाट उत्पादन एवम विक्री वितरण गर्ने,मन्दिरमा चढाउनको लागि रोट पकाउनका लागि घिउको शद्वता कायम गराउने योजनाका साथ गाउँपालिकाले सहकारी सञ्चालनको अन्तिम चरणमा पुगेको छ । 

 


रिब्दीकाेट गाउँपालिकाले शुरूवात चरणमा कृषकहरूलाई उत्पादनमा मुलक कार्यमा जोडी आत्मनिर्भर बनाउनका लागि अनुदानमा भैंसी एवम गाई वितरण गरेको थियो । पछि उक्त गाई भ‌‌ैसीलाई मध्ये नजर गरि भकारो सुधार कार्यक्रम सञ्चालन गरेको थियो । हाल गाउँपालिकाले उक्त गाई एवम भैसीबाट उत्पादित दुधलाई व्यवस्थित गर्नका लागि  कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाबाट उत्पादन हुने दूध हाल जिल्लाको सदमुकाम तानसेन निर्यात गर्दै आएको छ । गाउँपालिकाबाट निर्यात हुने दुधमा कृषकहरूले भने जस्तो दुधको मूल्य नपाउने,पैसा नपाउने गुनासो रहेको अवस्थामा गाउँपालिकाले पालिका स्तरको दूध संकलन गरि यस्ता समस्याको केही हद सम्म समाधान गर्ने योजना साथ अगाडि बढेको छ । 

 

 रिब्दीकोट गाउँपालिकाले हाल दूध उत्पादन गर्ने कृषकहरूलाई दुधमा अनुदान प्रदान गरेको छ । गाउँपालिकाले पालिकाबाट २ रूपैया र प्रदेशबाट २ रूपैयाँ गरि प्रती लिटर ४ रूपैयाँका दरले कृषकहरूलाई प्रत्सोहान गर्नका लागि अनुदानका कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले कृषकहरूलाई मध्ये नजर गरि ग्रामीण आर्थिक विकास संघ रेडाको सहकार्यमा उन्नत जातको घासको बीउ वितरण गरेको छ ।  गाई तथा भैसीको दुध उत्पादनमा वृद्धि गरि आत्मनिर्भताका लागि पशुपालन सम्बन्धि तालिम प्रदान गरेको छ । कृषकहरूको मागको आधारमा दूध संकलन गर्नको लागि रेडासँगको सहकार्यमा सामाग्रीहरू हस्तान्तरण गरिएको छ । 

 

रिब्दीकोट गाउँपालिकामा १४ वटा सहकारी रहेका छन । १४ सहकारीका दूध संकलन केन्द्र मार्फत झण्डै १ हजार ५ सय लिटर दूध संकलन हुने गर्दछ । गाउँपालिकाले सहकारीको माध्यमबाट कृषकहरूलाई उत्पादनमुलक कार्यमा जोड्नका लागि गाउँपालिका स्तरीय सहकारी सञ्चालन दान बहादुर कुवरको अध्यक्षतामा गठन गरेको छ । सञ्जालले सहकारीमा भएका गतिविधिहरूको अवलोकन गर्ने,कृषकहरूलाई समस्या परेको परिस्थितिमा समाधानको लागि सहजीकरण गर्ने,कृषकहरूको हक हित र अधिकारको लागि कार्य गर्दै आएको छ । गाउँपालिकाले आगामी दिनमा कृषकहरूको मागको आधारमा अनुदानमा आधारित भैंसी तथा गाई वितरण कार्यक्रम सञ्चालन गर्ने योजनाका साथ अगाडि बढेको छ । 

 


भैरव स्थान कृषि बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष केशव खनालले रिब्दीकोट गाउँपालिका स्तरीय दुग्ध सहकारी सञ्जाल गठन गरि पालिकाका स्तरको दुधलाई व्यवस्थित गर्नका लागि गाउँपालिका,हेफर र रेडाबाट सहयोग प्राप्त भएको बताउनुभयो । गाउँपालिका स्तरीय दुधलाई विविधिकरण गरि विभिन्न दुग्ध जन्य चिजहरूको उत्पादन गर्ने बताउनुभयो । साथै पालिका स्तरबाट सदरमुकाम तानसेनमा सहकारी सञ्चालन गरि उपभोक्तालाई शुद्व,सफा एवम सस्तो दूध उपलब्ध गराउने योजनाका रहेको बताउनुभयो । गाउँपालिकाले दूध संकलनको लागि करिब ३० लाख बजेटमा संकलन केन्द्रहरूलाई डि फ्रिज,मिल्क एनालाईजर लगाएतका सामाग्री वितरण गरेको छ । गाउँपालिकाले भैंसी पालन गर्ने कृषकहरूलाई प्रती कृषक ५३ हजारका दरले अनुदान प्रदान गरेको छ । यो बर्ष भैंसी वा गाई पालन गर्ने कृषकहरूलाई ३३ हजारका दरले अनुदान प्रदान गरेको छ । सहकारी सञ्चालन पश्चात् जुन कृषकहरूले दुधको पैसा नपाउने समस्या रहेको छ त्यसलाई समाधान गर्नको लागि महिनाको एक पटक कृषकहरूलाई रकम प्रदान गर्ने योजना रहेको  बताउनुभयो । 

 

 
गाउँपालिकाका कृषकहरूले उत्पादन गरेको दुधलाई व्यवस्थित गर्नका लागि गाउँपालिकाले वडा न ४ स्थित भैरव स्थान कृषि बहुउद्देश्यीय सहकारी सस्थामा पालिका स्तरकाे संकलन केन्द्र स्थापना गर्नको लागि भौतिक संरचना निर्माणको अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाले पालिकाको दुधमा वृद्धि गर्नको लागि  गाई तथा भैंसी अनुदान कार्यक्रम,भकारो सुधार कार्यक्रम,गाई तथा भैसीका लागि आवश्यक पर्ने उन्नत जातको घास वितरण जस्ता कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष नारायण बहादुर जि सीले बताउनुभयो । गाउँपालिकामा उत्पादन हुने दुधलाई व्यवस्थापन गर्नका लागि भैरवस्थानमा संकलन केन्द्रको स्थापना गरिने र उक्त संकलन केन्द्रबाट गुणस्तर मापदण्ड गरि दुधबाट उत्पादन हुने चिजहरूको उत्पादन एवम बजारीकरण गरि आयआर्जनमा वृद्धि गर्ने योजना रहेको बताउनुभयो । मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूको स्वास्थ्य मध्ये नजर गरि रोट पकाउदा सहकारीबाट उत्पादन भएको शुद्व घिउको प्रयोगलाई प्राथमिकता दिने योजनाका रहेको बताउनुभयो । गाउँपालिकाले हेफरको र रेडासँगको सहकार्यमा दूध संकलन केन्द्रहरूलाई आवश्यक पर्ने सामाग्रीहरू हस्तान्तरण गरिएको बताउनुभयो । गाउँपालिकाले यो बर्ष पनि कृषकहरूको मागको आधारमा गाई तथा भैसीमा अनुदान प्रदान गर्ने कार्यक्रम सञ्चालन गरेको छ । पालिकाका कृषकहरूले उत्पादन गरेको दुधलाई सहकारीहरूले खरिद गरिदिने र मुल्य कम दिने,पैसा समयमा भुक्तान नगर्ने समस्या झेलिरहेका कृषकहरूलाई प्रोत्साहित गर्नका लागि गाउँपालिकाले प्रती लिटर  २ रूपैयाँ र प्रदेशबाट २ रूपैयाँ गरि ४ रूपैयाँका दरले अनुदान प्रदान गरेको छ । गाउँपालिकाले पालिकाका ८ वटै वडाहरूबाट उत्पादित हुने दुधलाई एकै सहकारीमा संकलज गर्ने,बजारीकरण गरी कृषकहरूलाई उचित मुल्य प्रदान गर्ने र उपभोक्तालाई शुद्व,सफा एवम गुणस्तरीय दूध उपलब्ध गराउने योजनाका साथ गाउँपालिका अगाडि बढेको अध्यक्ष जि सीले बताउनुभयो । 

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif