सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

रिडीमा माघे संक्रान्ति मेला नगर्न पाल्‍पा तथा गुल्‍मी जिल्‍ला प्रशासनकाे आदेश

भैरब खबर डटकम संवाददाता, शुक्रबार, ३० पुष, २०७८

रिडीमा माघे संक्रान्ति मेला नगर्न पाल्‍पा तथा गुल्‍मी जिल्‍ला प्रशासनकाे आदेश

पाल्‍पा-स्थानीय प्रशासनले यस वर्ष कोरोना संक्रमण बढेकाले माघे संक्रान्ति मेला महोत्सव नगर्न आदेश जारी गरेका छन् । जिल्ला प्रशासन कार्यालय पाल्पा र गुल्मीले रिडी क्षेत्रमा माघे संक्रान्तिको अवसरमा मेला महोत्सव नगर्न आदेश जारी गरिसकेको छ ।

कोरोना संक्रमणको दर बढेको भनेर प्रशासनले मेला महोत्सवजन्य गतिबिधि नगर्न आग्रह गरेको हो । यद्यपी माघ १ गते शनिबारदेखि सुरु हुन लागेको माघे संक्रान्ति मेलाका लागि भने स्टल बनाउने कार्य धमाधम चलिरहेको छ ।

माघे संक्रान्ति मेलाका लागि भन्दै रुरु क्षेत्र रिडी धाममा स्थानीय व्यापारीहरुले व्यापार व्यवसाय संचालन गर्न भनेर स्टल निर्माण गर्ने, मेलाको तयारी गर्ने जस्ता गतिबिधि गरिरहेका छन् । यसले कोरोनाको संक्रमण बढ्न सक्ने अनुमान गरिएको छ ।

कोरोना संक्रमण बढेका बेला मेला महोत्सव नगर्न आग्रह गरेपनि स्थानीय व्यक्तिहरुले स्टल बनाउने र व्यापार व्यवसाय गर्ने गतिबिधि गर्न थालेका गुनासा आएका छन् ।

रिडीबजारमा आदि वषौं अगाडी दे‍खि लाग्दै आएकाे माघे सक्रान्ति मेला काेराेनाकै कारण प्रभावित बन्दै आएकाे छ ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif