सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

रामपुरमा भ्यान दुर्घटना

भैरब खबर डटकम, शुक्रबार, २३ माघ, २०७७

रामपुरमा भ्यान दुर्घटना

पाल्पाकाे रामपुर नगरपालिका ८ मा शुक्रबार भ्यान दुर्घटना भएकाे छ। दुर्घटना परि ९ जना घाइते भएका छन । बेझाँड बजारबाट रामपुर १० को बर्दले तर्फ जाँदै गरेको लु १ ज ४३८३ नम्बरको भ्यानकालीगण्डकी करिडोर अन्तर्गत कुमराङ्गमा अनियन्त्रित भई दुर्घटना भएको थियाे ।

घाईते हुनेहरुमा रामपुर नगरपालिका ८ का ३० वर्षिय बसन्त थापा पुलामी, रामपुर नगरपालिका १० का २२ वर्षिय भुमीसरा सारु, रामपुर नगरपालिका ८ का ३५ वर्षिय विना भन्ने सुकमायाँ हिताङ्ग, रामपुर १० का २८ वर्षिय मन कुमारी राना, रामपुर १० का देव बहादुर आलेको छाेरी ९ वर्षिय प्रिङ्का आले, रामपुर १० का ३२ वर्षिय निरमायाँ आले, रामपुर १० का ४७ वर्षिय कमला गाहा, रामपुर १० का ४३ वर्षिय टोपलीसरा पचभैया र चालक रामपुर ४ सदावर्त बस्ने ४३ वर्षिय सुर्य बहादुर कुमाल घाईते रहेकाे ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । चालक सुर्य बहादुर बाहेक अन्य ८ जना घाईतेलाई रामपुर अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरिएको छ । जस मध्ये बसन्त, भुमीसरा, निरमायाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी भ्यान चलाएका चालकको लापर्वाहीले भ्यान अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ । भ्यान घुम्ती बाट झण्डै २ सय मिटर तल पुगेको थियो । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif