सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

रैनादेबी छहराले अनुदानमा हाते ट्याक्टर वितरण

सन्ताेष गहतराज, आईतवार, २७ असार, २०७८

रैनादेबी छहराले अनुदानमा हाते ट्याक्टर वितरण

पाल्पा-जिल्लाको रैनादेबी छहरा गाउँपालिकाले अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । गाउँपालिकाले पालिकाका ८ वटै वडाहरूमा हाते ट्याक्टर वितरण गरेको हो । गाउँपालिकाले आर्थिक बर्ष २०७७र०७८ को बार्षिक बिनियोजित करिब ४५ लाख बजेटबाट पालिकाका ८ वटै वडाहरूका कृषकहरूको मागको आधारमा ट्याक्टर वितरण गरेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्कीका अनुसार रैनादेबी छहरालाई कृषिमा यान्त्रिकीकरण गर्नका लागि पालिकाका ८ वटै वडाहरूमा हाते ट्याक्टर वितरण गरिएको बताउनुभयो । नेपाल कृषि प्रधान देश हो । नेपालका करिब ८० प्रतिशत मानिसहरूमा कृषि पेशामा आधारित हुदा पनि कृषिमा आधुनिक प्रविधि र यान्त्रिकी करण नहुदा नेपालीहरू परनिर्भर रहेको हुदा गाउँपालिकाले कृषिमा आधुनिकिकरण गरि पालिकाका कृषकहरूलाई आत्म निर्भर बनाउनका लागि गाउँपालिका अगाडि बढेको बताउनुभयो । रैनादेबी छहराले कृषकहरूको मागका आधारमा बाख्रा वितरण,बाझो जमिन उपयोग गर्ने कृषकहरूलाई अनुदानका कार्यक्रम,फलफूलका बिरुवा वितरण,उन्नत जातको बीउ विजन वितरण लगाएका कार्यहरू सञ्चालन गरिरहेको बताउदै अहिले परम्परागत कृषि प्रणालीलाई आधुनिक कृषि प्रणालीको रूपमा विकास गरि जनताको आयआर्जनमा वृद्धि गर्नका लागि हाते ट्याक्टर वितरण कार्य सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष कार्कीले बताउनुभयो । 

गाउँपालिकाका प्रमुख प्रशासकृय अधिकृत इन्द्र बहादुर क्षेत्रीले रैनादेबी छहराले पालिकाका ८ वटै वडाहरूका कृषकहरूको मागको आधारमा हाते ट्याक्टर वितरण गरिएको बताउनुभयो । गाउँपालिकाका अधिकाश नागरिक कृषि पेशामा आधारित रहेकोले कृषिलाई व्यवसायी करण गरि नागरिकहरूको जीवनस्तरमा सुधार ल्याउनका लागि गाउँपालिका विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । हाते ट्याक्टर वितरणका लागि गाउँपालिकाबाट ५ लाख र लुम्बिनी प्रदेश सरकारबाट सशर्त अनुदान तर्फ साना कृषि औजार तथा यन्त्र उपकरण अनुदानमा प्राप्त १७ लाख ५० हजार गरि  जम्मा २२ लाख ५० हजार र कृषकहरूले ५० प्रतिशत गरि कुल ४५ लाख बजेटबाट हाते ट्याक्टर पालिकाका सबै वडाहरूमा वितरण गरिएको बताउनुभयो । बिशेष त रैना देबी छहरा गाउँपालिकाले कृषिमा आधुनिकरण गरि व्यवसायीक मुलक कृषि कर्ममा पालिकाका नागरिकहरूलाई आबद्व गरि उनिहरूको जीवन स्तरमा सुधार ल्याउनका लागि गाउँपालिका अगाडि बढेको बताउनुभयो । 
पालिकाले नागरिकहरूलाई आधुनिक यन्त्र तथा उपकरण (हाते ट्याक्टर )वितरण गरे सँगै पालिकाका कृषकहरू हर्षित भएका छन । 

रैनादेबी छहराले अनुदानमा हाते ट्याक्टर वितरण

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif