सन्तोष गहतराज, बुधबार, १५ असार, २०७९
पाल्पा- असार १५-मानो रोपेर मुरी उब्जाउने' महिनाको सुरुवात अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँएकाे छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही-चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ
यसैबिच जिल्लाकाे रैनादेबी छहरा गाउँपालिकाले १९ औ राष्ट्रिय धान दिवस २०७९ धान बालीमा जैबिक बिबिधताको उपयोग आयात प्रतिस्थापनमा सहयोग भन्ने मुल नाराका साथ मनाइएको छ ।
धान दिवसकाे अवसरमा गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले रैनादेबी छहरा गाउँपालिका वडा न ३ भुवनपोखरीकाे बल्गामा आज किसान संगै रोपाईमा सहभागी हुँदै राेपाईमा कार्यक्रम सहभागी हुनु भएको छ । अध्यक्ष भट्टराईले हल गरू नारी परम्परागत रूपमा राेपाई कार्यक्रम सहभागी हुनुभएको हाे । गाउँपालिकाकाे कृषि शाखाकाे आयाेजनामा भएको राष्ट्रिय धान दिवस २०७९ कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष युवराज थापा,प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थी, लेखा अधिकृत लिलामणी बस्याल लगाएतकाे उपस्थिति रहेको थियाे ।
राेपाई कार्यक्रम सहभागी हुँदै गाउँपालिका अध्यक्ष भट्टराईले रैनादेबी छहरालाई कृषिकाे माध्यमबाट समृद्ध गाउँपालिकामा रूपमा विकास गर्ने बताउनुभयो । कृषिमा आधुनिकिकरण प्रविधिकाे प्रयाेग र परम्परागत कृषि प्रणालीकाे जगेर्ना गर्दै पालिकाका कृषकलाई व्यवसायीे मुलक कार्यमा संलग्न गरि रैनादेबी छहरा गाउँपालिकाकाे कृषिमा आमुल परिवर्तन ल्याउने गरि कार्य गरिने अध्यक्ष भट्टराईले बताउनुभयो ।
धान दिवसकाे अवसरमा आज पाल्पाका दशै वटा स्थानीय तहहरूमा विभिन्न कार्यक्रम गरि राष्ट्रिय धान दिवस मनाईएकाे छ ।