शनिबार, १८ असार, २०७९

रैनादेबी छहरामा पूर्व प्राथमिक तहका सहजकर्ताहरूलाई दुई दिने क्षमता अभिवृद्धि तालिम प्रदान

सन्‍तोष गहतराज, बिहीबार, २ असार, २०७९

रैनादेबी छहरामा पूर्व प्राथमिक तहका सहजकर्ताहरूलाई दुई दिने क्षमता अभिवृद्धि तालिम प्रदान

पाल्पा-जिल्लाको रैनादेबी छहरा गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत गाउँपालिकाका पूर्व प्राथमिक तहका सहजकर्ताहरूलाई दुई दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । 

सहभागीहरूलाई दुई समूहमा विभाजन गरी भैरव नवदीप मा।वि। छहरामा तालिम सञ्चालन भएको थियोध । कार्यक्रम रैनादेबी छहरा गाउँपालिकाको आयोजनामा सम्पन्न भएको थियो । तालिममा प्रशिक्षण मञ्जु कुँवर र अनिता रानाले गर्नुभएको थियो ।

समापन कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले तालिमले सहजकर्ता थप प्रशिक्षित एवम परिपक्व बनाउन सहयोग पुर्याउने बताउनुभयो । गाउँपालिकाले पालिकाको शैक्षिक क्षेत्रको सुधार बिना अन्य क्षेत्रको विकास नहुने हुदा शैक्षिक क्षेत्रलाई अब्बल बनाउने गरि गाउँपालिका अगाडि बढेको बताउनुभयो । साथै  प्रशिक्षण लिए पश्चात् प्रशिक्षण सिकेका व्यवहारिक कुराहरूलाई लागू गरि सवल एवम सक्षम नागरिक र समाज निर्माण लाग्न आर्गह गर्नुभयो ।

कार्यक्रममा अतिथिहरू मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका सदस्यद्वय शारदा रायमाझी र पदम सोमैले तालिममा सिकेका कुरालाई व्यवहारिकता प्रदान गर्न आर्गह गर्नु भएको छ । 
कार्यक्रमको सहजीकरण गाउँपालिकाका शिक्षा अधिकृत निशा पाण्डेले गर्नुभएको थियो ।

रैनादेबी छहरामा पूर्व प्राथमिक तहका सहजकर्ताहरूलाई दुई दिने क्षमता अभिवृद्धि तालिम प्रदान

प्रतिक्रिया
अन्य समाचार
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1637589959.JPG
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1650789033.gif