बुधबार, ११ जेष्ठ, २०७९

रैनादेवीलाई ग्रामीण पर्यटन र सीप विकासका माध्यमबाट चिनाउन चाहान्छुः अध्यक्ष उम्मेदवार भट्टराई

भैरब खबर डटकम संवाददाता, आईतवार, २५ बैशाख, २०७९

रैनादेवीलाई ग्रामीण पर्यटन र सीप विकासका  माध्यमबाट चिनाउन चाहान्छुः अध्यक्ष उम्मेदवार  भट्टराई

पाल्पा-रैनादेवी छहरा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार रुक्मागत भट्टराईले ग्रामीण पर्यटन आन्तरिक स्रोत प्रवद्र्धन गर्ने, ग्रामीण रोजगारी प्रवद्र्धन, सीप विकास तथा आधुनिक कृषिका माध्यमबाट गाउँपालिकाको विकास गर्न सकिने बताउनुभएको छ । नेपालमा बजेट विनियोजन हुने तर त्यसको कार्यान्वयन पक्ष कमजोर रहेको भन्दै विज्ञ टोलीसँगको परामर्शमा दीर्घकालिन योजना अनुसार कार्य गर्ने,, ग्रामीण पर्यटनमा विभेदरहित ढंगबाट कार्य गर्न सकिने बताउनुभएको हो । 
लामो समय प्रशासनिक क्षेत्रमा काम गर्नुभएका रुक्मागत भट्टराई यति बेला रैनादेवी छहरा गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन् । ३२ वर्ष प्रशासनिक क्षेत्रमा विभिन्न तह र तप्कामा काम गर्नुभएका भट्टराईले रैनादेवी छहरामा कृषि, पर्यटन र आन्तरिक स्रोत व्यवस्थापनमा अब्बल तुल्याउने बताउँदै चुनावी मैदानमा होमिनुभएको छ । २०१६ साल कात्र्तिक १५ गते जन्मिएका भट्टराईले रैनादेवी छहरा गाउँपालिकाको वेद बेदाङ्ग माध्यमिक विद्यालयमा अध्ययन गरेका हुन् । नेपाल निजामती कर्मचारी संघको २०४४ सालमा सदस्य हुँदै उनी विभिन्न तहमा बसेका काम गरिसकेका व्यक्ति हुन् । 
पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेस क्षेत्र नं. २ ख का सभापति समेत रहेका भट्टराईले रैनादेवी छहरा गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो । उहाँ रैनादेवी छहरा गाउँपालिका क्षेत्रको छहरा, सिद्धेश्वर, सोमादी, भुवनपोखरी, जुठापौवा, फेक र झिरुबासको साविक गाविस कार्यालयमा गाविस सचिवका रुपमा कार्य गरिसक्नुभएको व्यक्ति हो । यस्तै जिल्ला मालपोत कार्यालय तथा यातायात सेवा कार्यालयमा समेत कार्य गरेको व्यक्ति किन राजनीतिमा होमिनुभयो भन्ने प्रश्नमा जनताको अप्ठ्यारो र पीर मर्का बुझेर काम गर्न सक्ने क्षमता भएकै कारण चुनावी मैदानमा उत्रिनुपरेको बताउनुहुन्छ । द्धन्द्धकालको समयमा २०५६ सालमा जिल्लाकै पहिलो अपहरणमा पर्ने कर्मचारी हुनुहुन्छ । 
नेपालमा कोरोना महामारीको समयमा कोभिड प्रभावितहरुलाई राहत व्यवस्थापन, पिसिआर तथा एन्टिजेन परीक्षणमा समेत सहयोग गरि चर्चा कमाउनुभएका भट्टराईले विकास निर्माणका कामलाइ अगाडी बढाउन सके जनताले समृद्धिको अनुभूती गर्न सक्ने बताउनुहुन्छ । जनताले विश्वास गरि विजयी बनाउँदा शिक्षा, स्वास्थ्यसँगै वैदेशिक रोजगारीमा गएका भट्टराईको रहेको छ ।
युवाहरुलाई गाउँमै रोजगारी सिर्जना गर्न सक्ने कार्यक्रम ल्याउने उहाँले बताउनुभयो । जेष्ठ नागरिकहरुलाई घरदैलोमै सेवा प्रवाह गर्ने, रैनादेवी गोखुङ्खा, सिद्धेश्वर, भुवनपोखरी तालपोखरा लगायतका क्षेत्रमा रहेको खानेपानी समस्या समाधान गर्ने प्रतिवद्धता समेत अध्यक्ष पदका उम्मेदवार भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1637589959.JPG
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1650789033.gif