सोमबार, १० माघ, २०७८

advertisement_1619539395.gif

राष्ट्रिय युवा संघ रिब्दीकाेट गाउँपालिकाकाे अध्यक्षमा शारू

सन्ताेष गहतराज, बिहीबार, १४ आश्विन, २०७८

राष्ट्रिय युवा संघ रिब्दीकाेट गाउँपालिकाकाे अध्यक्षमा शारू

पाल्पा-राष्ट्रिय युवा संघ नेपाल रिब्दीकोट गाउँपालिकाको प्रथम भेला तथा अधिवेशन शेर बहादुर रानाको अध्यक्षता र राधाकृष्ण दडंगालको सन्चालनमा हार्थोकमा सम्पन्न भएको छ। शुसिला गोदारको स्वागतबाट सुरु भएको भेलाको प्रमुख अतिथि संगठनका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश अध्यक्ष तुल बहादुर अधिकारीले अब मुलुकको समृद्दीको लागी नेकपा एमालेको बहुमतको सरकारको बिकल्प नरहेकोले युवाहरुलाई एकजुट भएर लाग्न आव्हान गर्नुभयो ।

युवाहरुको भावना र चाहना अनुसार काम गर्ने नेकपा एमालेका नेता कार्यकर्ताको र जनताको सुऱक्षा गर्न युथ फोर्स निर्माण गरिएको बताउनुभयो । कार्यक्रममा एमाले लुम्विनि प्रदेश सदस्य नारायण बहादुर जिसि, युवा संघ केन्द्रिय सचिवलाय सदस्य तथा पाल्पा जिल्ला अध्यक्ष टिका बहादुर थापा केन्द्रीय सचिवालय सदस्य दिपक विक, एमाले नेताहरु माधव आचार्य चिरन्जीवि पोख्रेल कृष्ण जासी लगायत नेताहरुले भेलाको सफलताको शुभकामना दिनुभएको थियो ।

उक्त भेलाले रिप्दीकोट गाउपालिकाका प्रवक्ता बिष्णु खनाल नेकपा एमाले वडा नं ४ का अध्यक्ष राजकुमार श्रेष्ठ गाउपालिका सदस्य लिला आचार्य कमल सुनार वडा नं २ का अध्यक्ष रामचन्द्र नेपाल वड नं ३ का अध्यक्ष नारायण बहादुर भाट सहित सयौ युवाहरुको उपस्थितिमा रहेको भेलाबाट निम्न वमोजिमको संगठनको निर्माण गरिएको छ।

अध्यक्ष हिरा बहादुर सारु उपाध्यक्ष सुष्मा खनाल सचिव सुमन पोख्रेल सहसचिव पुर्ण पचभैयाल कोषाध्यक्ष प्रकाश थापा सदस्यहरु सालिक ब. बिक,राजेन्द्र पाण्डे,सुमन थामी,आशिष गोदार,केशव सारु,सरोज रुचाल,हरि ब. पोख्रेल,रोशन विष्ट,कमल सारु,अमित बगाले सहित १७ सदस्य राष्ट्रिय युवा संघ नेपाल रिप्दीकोट गाउँपालिका कमिटि निर्माण गरी सपथ ग्रहण तथा पदस्थापन गरिएको छ ।

प्रतिक्रिया
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif