सन्तोष गहतराज, शनिबार, ४ असार, २०७९
पाल्पा-हामीले दैनिक रूपमा देख्ने गर्दछौ कि, होटल,रेष्टुरेन्टहरूमा विवाह,विभिन्न उत्सव,कार्यक्रमहरूको अवसरमा धेरै खानेकुराका परिकारहरू बनेका हुन्छन । ती अवसरहरूमा मानिसहरू आवश्यकता भन्दा धेरै खानेकुराहरू उपयोग नगरि फ्याकिरहेको देख्छौ । त्यति मात्र हैन हामी हाम्रो घरमा समेत आवश्यकता भन्दा धेरै खाधपदार्थको परिकार निर्माण गरि ग्रहण गर्न नसकेका कारण आवश्यकता भन्दा धेरै खानेकुराहरू खेर गइरहेको हुन्छ । सोही खेर गइरहेको खाध पदार्थको उपयोगलाई सदुपयोग गर्ने सम्बन्धि सचेतना मुलक कार्यक्रम शुक्रबार रोट्री क्लब अफ पाल्पा तानसेनले आयोजना खाना नफ्याकौं अभियान शुरू भएको छ । विश्व लगाएत नेपालमा दैनिक रूपमा खानेकुराको उपयोग गर्न नपाएका कारण मानिसहरूको मृत्युु भइरहेको परिस्थिति छ भने कहि मानिसहरू खानेकुरा बढी भइ फ्याकि रहेको परिस्थितिलाई मध्ये नजर गरि रोट्री क्लब अफ पाल्पा तानसेनले खाना नफ्याकौं अभियान शुभारम्भ गरेको हो ।
कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रमका अध्यक्ष एवम रोट्री क्लब अफ पाल्पा तानसेनका बर्ष २०२१/२२ का अध्यक्ष शैलेन्द्र भट्टराईले नेपाल लगाएत विश्वमा कतिपय नागरिकहरूले खानेकुराको उपयोग गर्न नपाएका कारण ज्यान गुमाउनुपर्ने अवस्था रहेको बताउनुभयो । क्लबले उक्त परिस्थितिलाई मध्ये नजर गरि खाना नफ्याकौं अभियान शुरूवात गरेको बताउदै आगामी दिनमा पाल्पा जिल्लाका विभिन्न होटल,रेष्टुरेन्ट लगाएत विभिन्न समुदाय समक्ष अभियानलाई सञ्चालन गर्ने बताउनुभयो । क्लबले स्थापना काल देखि पाल्पाको सामाजिक कार्यमा सकृयताका साथ कम अवसर पाएका व्यक्ति एवम समुदायको उत्थानको लागि अगाडी बढेको बताउदै आगामी दिनमा खाना नफ्याकौं अभियानलाई देश व्यापी रूपमा अगाडि बढाउने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले क्लबले खाध सुरक्षाको बिषयमा समसामयिक कुरा अगाडि बढाएको बताउनुभएको छ । एक व्यक्तिले खाध पदार्थको दुरुपयोग गर्दा अर्को व्यक्तिको दैनिक जीवनयापनमा कठिनाइ परिस्थितिको सिर्जना हुने हुदा अब खाना नफ्याकौं अभियान घरघरबाटै शुरूवात गर्नुपर्ने बताउनुभयो । एक व्यक्ति सचेत भए परिवार सचेत हुने,परिवार सचेत भए समुदाय सचेत हुने, समुदाय सचेत भए राष्ट्र सचेत हुने र राष्ट्र सचेत भए समग्र विश्व सचेत हुने हुदा क्लबलाई अभियान अगाडि बढाउन अनुरोध गर्दै क्लबसँग नगरसरकारले हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ पाल्पाका जिल्ला एवम रोट्री क्लब अफ पाल्पा तानसेनका पुर्व अध्यक्ष मोहन प्रसाद श्रेष्ठले क्लबले सस्थागत रूपमा सन्देश प्रवाह गरेकोले व्यापक परिवर्तन ल्याउनु पर्ने बताउनुभयो । कृषि प्रदान देश नेपाल भएता पनि देशमा परनिर्भर बढेको छ । खाना नफ्याकौं अभियानले देशको खाध सुरक्षामा टेवा पुगी परनिर्भरता कमि ल्याउन टेवा पुर्याउने बताउनुभयो । पाल्पा जिल्लाका सम्पूर्ण होटल व्यवसायी संघले होटहरूमा खाना नफ्याकौं अभियान सञ्चालन गर्ने बताउदै क्लब सँग सहकार्य गरि अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा रोट्टी क्लब अफ तानसेनका पास प्रिसिडेन्ट एवम रोट्री क्लब अफ पाल्पा तानसेनका पुर्व अध्यक्ष बुद्वि प्रसाद शर्माले विश्वको एक तिहाइ खाना नस्ट भइरहेको परिस्थिति हेर्दा हालको तथ्यांक अनुसार १.२ विलियन मानिस खाना खानबाट बन्चित रहेको बताउनुभयो । खाना बर्बादि गर्नेमा सम्पन्न मुलुकहरू रहेको छन । हामी पनि सम्पन्न मुलुकहरूको सिको गर्दै पछाडि हिडेका छौ । यस्ले गर्दा खाध सुरक्षामा समस्या सिर्जना भएको बताउनुभयो । खाना फ्याकिएको कारणले गर्दा वातावरणलाई प्रदुषण भई ग्लोवल वार्लिङ्गलाई समस्या रहेको छ । हामीले खान जाने पनि बचाउन जानेनौ, आगामी दिनमा चेतना दिन नसकेको परिस्थितिमा खानाको गम्भीर अवस्था देखा पर्ने बताउनुभयो । क्लबले अभियानको रूपमा खाना नफ्याकौं अभियानको शुभारम्भ गरेकोमा खुशी व्यक्त गर्दै अभियान घरघर,स्कुलबाट समुदायबाट शुरूवात गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा क्लबका सस्थापक अध्यक्ष छत्रराज शाक्य,पुर्व अध्यक्षहरू मधु दयाल शैजु, सकुन्तला बज्राचार्य,विरेन्द्र काजी शाक्य,वमविक्रम खनाल,जगर्नाथ अर्याल,शिव देवकोटा लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम क्लबका सचिव यादब सि कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।